4 years ago
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सिक्किममा जारी कञ्चनजंगा शिल्ड ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले युक्सोम क्यापिटल्समाथि १० विकेटको जित हात पारेको छ ।

जितको लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ७.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पुलिसका ओपनर पवन सरार्फले २५ बलमा ४ चौका र ४ छक्कासहित ४२ रनमा अविजित रहे । अनिल कुमार शाह १९ बलमा ५ चौकासहित २४ रनमा अविजित रहे ।
त्यसअघि सिक्किमको राङ्पोमा टस जितेर पहिला ब्याटिङ रोजेको युक्सोम २०.४ ओभरमा ७६ रनमा अल आउट भएको थियो । युक्सोमको लागि सौरभ प्रसादले १२ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । मनोज शर्माले १४, विपिन शर्मा ५ र निखिल गौतम ९ रनमा आउट भए ।
पुलिसका लागि बायाँ हाते तीव्र गतिका युवा बलर प्रतिश जि.सी.ले ५ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । राशिद खानले ५ ओभरमा १७ रन खर्चेर २ विकेट लिए
पुलिसले दोस्रो खेलमा रोयल नर्थन ब्रोदर्शमाथि ७ विकेटले हराएको थियो । पहिलो खेल एचआरसिसी नाम्चीविरुद्ध पुलिसले निर्धारित ४० ओभरमा ३ सय २ रनमा अल आउट भएको थियो । तर वर्षाको कारण दोस्रो इनिङ हुन नसक्दा खेल रद्ध हुन पुगेको थियो ।
सिक्किम क्रिकेट बोर्डले आयोजना गर्ने उक्त प्रतियोगितामा रणजी ट्रफी खेलेका अनुभवी खेलाडी पनि खेल्नेछन् । पुलिस समूह ए मा छ । पुलिसको समूहमा स्थानीय एचआरसीसी नाम्ची, रोयल नर्थ ब्रोदर्श, अलपाइनल स्र्पोटिङ क्लब, युक्सम क्यापिटल्स छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]