4 years ago
May 22, 2022
एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ७० औं तथा लिगको अन्तिम खेलमा पन्जाब किंग्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । हैदराबादका ओपनर अभिषेक शर्माले ३२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए । राहुल त्रिपाठी २०, एडेन माक्ररम २१ र निकोलस पुरन ५ रनमा आउट भए ।
छैटौं विकेटका लागि रोमारियो शेफर्ड र वासिन्टन सुन्दरले ५८ रनको अविजित साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए । शेफर्ड १५ बलमा २ चौका र २ छक्कासहित २६ रनमा अविजित रहे । सुन्दर १९ बलमा ३ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।
पन्जाबका स्पिनर हरप्रीत ब्रारले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । नाथन एलिसले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाको नाममा १ विकेट रह्यो ।
केन विलियम्सन दोस्रो बच्चाको बुबा बन्ने भएपछि न्युजिल्यान्ड फर्किदा भुवनेश्वर कुमारले हैदराबादले नेतृत्व गरेका छन् । यी दुबै टोली प्लेअफ दौडबाट बाहिरिएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]