default_image

4 years ago

May 22, 2022

हैदराबादमाथि पन्जाबको सहज जित

225 views

0 Bookmark

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को लिगको अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा लियाम लिभिङस्टोन २२ बलमा २ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे । शिखर धवन ३२ बलमा २ चौका र २ छक्कासहित ३९ रनमा आउट भए ।

जोनी बेयरस्टो २३, शाहरुख खान १९ र मयंक अग्रवाल १ रनमा आउट भए । जितेश शर्मा ७ बलमा ३ चौका र १ छक्कासहित १९ रनमा आउट भए ।

हैदराबादका फजलहक फारुकीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दर, उमरान मलिक र जगदीश सुचिथले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । हैदराबादका ओपनर अभिषेक शर्माले ३२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए । राहुल त्रिपाठी २०, एडेन माक्ररम २१ र निकोलस पुरन ५ रनमा आउट भए ।

छैटौं विकेटका लागि रोमारियो शेफर्ड र वासिन्टन सुन्दरले ५८ रनको अविजित साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए । शेफर्ड १५ बलमा २ चौका र २ छक्कासहित २६ रनमा अविजित रहे । सुन्दर १९ बलमा ३ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।

पन्जाबका स्पिनर हरप्रीत ब्रारले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । नाथन एलिसले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाको नाममा १ विकेट रह्यो ।

प्लेअफमा गुजरात टाइटन्स, राजस्थान रोयल्यस, लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोर पुगेका छन् । पहिलो क्वालिफायरमा मंगलबार शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । बुधबार एलिमिनेटरमा बेंगलोर र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वालिफायरको विजेता टोली सोझै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रा क्वालिफायर खेल्नेछ । आइपिएलको दोस्रो क्वालिफायर २७ मे र फाइनल २९ मे मा अहमदाबादमा हुनेछ ।

अंक तालिका

गुजरात १४ खेलमा १० मा जित र ४ मा हारका २० अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । राजस्थान रोयल्स १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा अन्त्य गर्यो । लखनऊ १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंक जोड्दै पाँचौं स्थानमा छ । पन्जाब १४ खेलमा ७ मा जित र ६ मा हार बेहोर्दै १४ अंक जोड्दै साथ छैटौं स्थानमा रहेर अन्त्य गर्यो । कोलकाता नाइट राइडर्स १४ खेलमा ६ मा जित र ८ खेलमा हार सहित सातौं स्थानमा रह्यो ।

हैदराबाद १४ खेलमा ६ मा जित र ८ मा हार सहित आठौं स्थानमा रहेर अन्त्य गर्यो । चेन्नई १४ खेलमा ४ मा जित र १० मा हार सहित नवौं स्थानमा रह्यो । मुम्बई १४ खेलमा ४ मा जित र १० मा हार सहित पुछारमा अन्त्य गर्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.