default_image

4 years ago

May 23, 2022

इपिएल नरोक्न क्यानसमक्ष फ्रेन्चाइजको माग

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) लाई निरन्तरता दिन संस्थापक आमिर अख्तर र सहभागी ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) समक्ष माग गरेका छन् ।

क्यानले अघिल्लो साता नेपाल टि२० लिग घोषणा गर्दै अब नेपालमा एक मात्र फ्रेन्चाइज लिग हुने भनेपछि इपिएल आयोजक र फ्रेन्चाइज टोलीले सोमबार एक पत्रकार सम्मेलनन गर्दै क्यानलाई निरन्तरता दिन आग्रह गरेका छन् । क्यानले आइसिसीको नियम अनुसार एक देशमा एक लिग मात्र हुने हुँदा अव नेपाल टि२० लिग मात्र हुने जनाएको थियो । तर इपिएलमा संस्थापक आमिर अख्तर र ६ फ्रेन्चाइज टोलीका मालिकले इपिएल गर्न पाउनु पर्ने क्यानसँग माग राखेका छन् ।

‘चार सफल संस्करण सम्पन्न गर्ने इपिएल विश्वको पाचौं र एसोसियट देशको नम्बर वान लिग हो । हाम्रो प्रयासलाई क्यानले न्याय गरेको छैन’, इपिएल संस्थापक अख्तरले भने,’आइसिसीले कतैपनि एउटा मात्र लिग गर्नुपर्छ भन्ने उल्लेख गरेको छैन । यदि त्यस्तो भएको भए क्यान नहुँदा आइसिसीले नेपाललाई तीन लिग आयोजना गर्न स्वीकृति दिने थिएन ।’

इपिएल आयोजना गर्न स्वीकृति नदिने भन्दा निकै आश्चर्य लागेको अख्तरले बताए । पटक पटक ताकेता गर्दा क्यानले आफूहरुलाई कुनैपनि जवाफ नदिएको पनि उनले बताए । ‘क्यानले हामीलाई कुनैपनि जवाफ दिएको छैन । हामीले मिडियामा आएपछि थाहा पाएका हौं । अघिल्लो संस्करण क्यानकै स्वीकृति पाएर आयोजना गरेका हौं । यसअघि आफूहरुलाई मान्यता नदिने कुनैपनि संकेत दिएको थिएन’, अख्तरले भने ।

यता ललितपुर प्याट्रियट्सका मालिका किशोर महर्जनले चार संस्करणमा झण्डै ५० करोड रुपैयाँ बराबर खर्च भएको दाबी गरे । ‘हामीलाई पीडा भएको छ । हाम्रो सबै खर्च जोड्ने हो भने ५० करोड रुपैयाँ बराबर हुन आउँछ । रकम नै त्यति नभएपनि हामीले आफूले खर्चेको समयको पनि मूल्य त हुन्छ । आज आएर हामीले सुरुवात गर्दाको लक्ष्यमा पुग्ने बेलामा क्यानले जुन निर्णय गर्यो त्यसबाट हामी एकदमै स्तब्ध भएका छौं’, महर्जनले भने ।

काठमाडौं किंग्स–११ का मालिक सञ्जय अग्रवालले महर्जनको भनाइमा सहमति जनाउँदै कर्पोरेट क्षेत्र व्यावसायिक फाइदा नभएर नेपाली खेलकुद विकास गर्न निस्वार्थ भावनाले लागेको बताए । ‘यो हाम्रो पीडाको आवाज हो । हामी कसैसँग झगडा र दोष दिन आएका पनि छैनौं । तर क्यानको निर्णयले खेलकुदमा लाग्न सोच्नुपर्ने हुन्छ । हामी क्रिकेट उकास्न भनेर आफ्नो क्षेत्रबाट योगदान गरेका छौं’, उनले भने । अग्रवालले जिम्बावेविरुद्ध सिरिजमा राष्ट्रिय टोलीलाई छोटो समयमा नै प्रायोजन गर्नु पनि क्रिकेटसँग लगाव भएर नै सम्भव भएको स्पष्ट पारे ।

यस सिजनको च्याम्पियन टोली चितवन टाइगर्सका मालिका किशोर भट्टाईले भने, ;नेपालमा पनि धेरै लिगहरु भएको छ । निजी क्षेत्रहरुले व्यावसाहिक रुपमा कसरी काम गर्न सक्छ । नेपालमा यसअघि पनि थुप्रै निजी कम्पनीले गरेको लगानीको फाइदा पाउन सकेनन् । आजको दिनमा पनि हामीले लगानी गरेको रिटर्न के भन्दै प्रश्न गरे । यसले कर्पोरेट क्षेत्रमा पक्कै राम्रो संदेश जाँदैन ।’

पोखरा राइनोजकी निर्देशक दीपा अग्रवालले पनि क्यानले पुनर्विचार गर्नुपर्ने बताइन् । ‘क्यान नहुँदा हामीले हरेक वर्ष आइसिसीसँग स्वीकृति लिएर अगाडि बढेका थियौं । क्यान आएपछि रोक लगाएको छ । यसमा क्यानले विचार गर्नुपर्छ’, निर्देशक अग्रवालले भनिन् ।

यता भैरहवा ग्ल्यायाडियटर्सका मालिका आदित्य संघाईंले क्यानले लिएको कदमले कर्पोरेट क्षेत्रमा राम्रो संदेश नगएको बताए । ‘ हामीले यत्रो वर्ष मिहिनेत गरेर एउटा ब्रान्ड बनाएका छौं । बिना कुनै जानकारी चालिएको यस कदमले राम्रो संदेश जाँदैन । क्यानले यसबारे राम्रोसँग सोच्न आवश्यक छ । कर्पोरेट क्षेत्रबाट हुँदै आएको सहयोग निरुत्साहित गर्दा खेल क्षेत्रलाई घाटा हुन्छ,’ उनले प्रष्ट पारे ।

इपिएलका सबै फ्रेन्चाइज टोलीका मालिकहरुले क्यानले आयोजना गर्न नदिए आगमी दिनमा आफूहरुले क्यानलाई सहयोग नगर्ने पनि बताएका छन् । सन् २०१६ देखि सुरु भएको इपिएलका चार संस्करण सकिएका छन् । पहिलो संस्करण पञ्चकन्या तेज, दोस्रो संस्करण विराटनगर वारियर्स, तेस्रो संस्करण ललित प्याट्रियटर्स र चौथो संकस्करण चितवन टाइगर्सले जितेको थियो ।

कार्यक्रमको भिडियो यहाँ :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.