default_image

4 years ago

May 23, 2022

रणजी स्टार चल्दा योगेन्द्रको शतकको बाबजुद पुलिस पराजित

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको सिक्किममा रहेको नेपाल पुलिस क्लब कञ्चनजंगशा शिल्ड ए डिभिजन क्रिकेट लिगमा अल्पाइन स्पोर्टिङ क्लबसँग ५ विकेटले पराजित भएको छ । पुलिसका योगेन्द्रसँग कार्कीले शतकीय इनिङ खेलेपनि रणजी स्टार खेलाडी चलेपछि पुलिसले सिक्किममा पहिलो हार बेहोर्न पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपाल पुलिस क्लबले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । पुलिसका योगेन्द्रले १ सय बलमा १० चौका र २ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले । कप्तान अनिल कुमार शाह १६, शंकर राना ३४, दीलिप नाथ २५, राशिद खान १, गुलशन झा ६ र रोशन सिंह बुडल ९ रनमा आउट भए ।

प्रतिश जि.सी. ११ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । अल्पाइनका अमित राजेराले सर्वाधिक तीन विकेट लिए । सिक्किमबाट १० रणजी ट्रफी खेलको अनुभव बटुलेका तीव्र गतिका बलर सुमित सिंहले दुई विकेट लिए । जितको लागि २ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको अल्पाइनले ३६.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

अल्पाइनको जितमा मणिशंकर मुरासिंहले ७८ बलमा १२ चौका र ४ छक्कासहित १ सय ६ रनको अविजित शतकीय इनिङ खेले । २९ वर्षीय मणिशंकरले त्रिपुराबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । उनले ७२ प्रथम श्रेणी, ५० लिष्ट ए र ५३ टि२० क्रिकेट खेलेका छन् । अलराउन्डर उनले प्रथम श्रेणीमा ४ शतक र १४ अर्धशतकसहित कुल ३ हजार २ सय १६ रन बनाउनुको साथै २ सय १९ विकेट लिएका छन् ।

त्यस्तै अलल्पाइनका आषिश थापाले ४५ बलमा १० चौकासहित ५४ रन जोडे । सिक्किमका विकेटकिपर आषिशले गत फेब्रुअरीमा रणजी ट्रफीमा विहारविरुद्ध आफ्नो करिअरको पहिलो शतक प्रहार गर्नेक्रममा १ सय ५१ रनको अविजित इनिङ खेलेका थिए । उनले २० प्रथम श्रेणी, २७ लिष्ट ए र २२ टि२० क्रिकेट खेलि सकेका छन् ।

अमित राजेराले ३७ रन बनाए । अल्पाइनलको टोलीमा आषिश, मणिशंकर, सुमित सिंह, निलेश लामिछाने लगायतका रणजी अनुभवी खेलाडी थिए । नेपाल पुलिसका अनिल खरेलले दुई, गुलशन झा र राशिद खानले १–१ विकेट लिए । पुलिस आमन्त्रिण टोली हुँदा सेमिफाइनल भने खेल्न पाउने छैन । पुलिस अव स्वदेश फर्किनेछ ।

पुलिसले पहिलो खेलमा एचआरसिसी नाम्चीविरुद्ध निर्धारित ४० ओभरमा ३ सय २ रनमा अल आउट भएपनि वर्षाको कारण दोस्रो इनिङ हुन नसक्दा रद्ध हुन पुगेको थियो । दोस्रो खेलमा रोयल नर्थन ब्रोदर्शमाथि ७ विकेट र तेस्रो खेलमा युक्सोम क्यापिटल्सलाई १० विकेटले हराएको थियो । पुलिसले दोस्रो पटक यस प्रतियोगिता खेलेको हो । गतवर्ष पुलिस सबै खेलमा जितका साथ फर्किएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.