4 years ago
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला यू–१९ टोलीका मुख्य प्रशिक्षक महेश रिजालले टोलीको लक्ष्य प्रतियोगिता जित्दै विश्वकपमा पुग्ने बताएका छन् । जुन पहिलो साता मलेसियामा हुने यू-१९ महिला विश्वकप एसिया छनोट क्षेत्रको तयारीको क्रममा मंगलबार टियुमा रिजालले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘समग्रमा हामीहरु यो प्रतियोगितालाई लक्षित गरेर अहिले सम्म उपलब्ध साधन र स्रोत अनुसार राम्रो नै गरेका छौं । प्रशिक्षण थालेको पनि एक महिना हुन लाग्यो । हामीले पोखरा हुँदै चरणबद्ध रुपमा गर्दै आएका छौं । हाम्रो तयारी राम्रो नै छ’, यू–१९ महिला टोलीको मुख्य प्रशिक्षक महेश रिजालले भने ।
‘विगतको भन्दा राम्रो टिम छ भनेर पहिला टोली हेर्नु भएकोले भन्नु भएको छ । मेरो बिचारमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा हाम्रो टोली सन्तुलित छ’, रिजाल भने ।
नेपाली क्रिकेटमा उमेर र सिनियर दुबै टोलीमा ब्याटिङ निकै कमजोर पक्ष रहँदै आएको छ । प्रशिक्षक रिजालले ब्याटिङ राम्रो नै भएको बताउँछन् । ब्याटिङमा गहिराई हुँदा राम्रो खेल्नेमा आशा ब्यक्त गरे ।

‘प्रतियोगितामा नेपाल र थाईल्यान्ड प्रमुख दाबेदार टोली हुन् । विश्वकपमा पुग्ने गरिनै तयारी गरेका छौं’, विपक्षी बारे उनले भने ।
पहिलो पटक यू–१९ महिला विश्वकप छनोट हुन लागेको छ । यू-१९ महिला क्रिकेट विरलै हुने गर्दछ । त्यसैले प्रतिपर्धा कम हुने अनुमान गरिएकोछ । नेपाल प्रमुख टोली हुँदा विश्वकप खेल्ने राम्रो अवसरछ ।
‘हामी प्रतियोगितामा एकपछि अर्को खेलमा केन्द्रित हुने छौं । हाम्रो लागि हरेक खेल निकै महत्वपूर्ण छन् । हरेक खेल जित्दै शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने सोचछ’, रिजालले भने । १५ वर्षभन्दा कम उमेरको कारण प्रमुख ब्याटर ज्योत्स्निका मरासिनीसँगै सावित्री धामी, टिका शाह, प्रतिमा शाह र मनिषा चौधरीले विश्वकप छनोट गुमाउने छन् ।
‘हामीहरुले उनीहरुलाई लिएर टिम तयारी गरेका थियौं । अहिले आएर टिम परिवर्तन गर्दा केहि असहज हुनसक्छ । तर उनीहरुको स्थानमा आएका खेलाडीहरु पनि उतिकै क्षमता भएका छन् । खेलाडीलाई तयार पार्ने हामीसँग समय पनि छ । त्यसैले त्यति धेरै असर नहोला’, उनले भने । हाम्रो लक्ष्य प्रतियोगिता जित्ने र विश्वकपमा छनोट हुन जानेछ, रिजालले टुङ्गाए ।

अर्को वर्ष पहिलो पटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि नेपालले एसिया क्षेत्र छनोट जित्नुपर्ने हुन्छ।
जुन पहिलो साताबाट मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाईल्यान्ड छन् ।
शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू-१९ टि२० वुमन्स विश्वकप खेल्न पाउनेछ । यू-१९ विश्वकप २०२३ मा जनवरी फेब्रुअरीमा हुने छ । प्रतियोगितामा कुल १६ टोली हुनेछन् । नेपालले अन्तिम १४ सदस्य टोली घोषणा गर्ने तयारीमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]