default_image

4 years ago

May 25, 2022

सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सहित ६ क्रिकेट खेलाडीलाई ज्याप नेपालले प्रायोजन गरेको छ ।

ज्याप नेपालले बुधबार एक पत्रकार सम्मेलन गर्दै क्रिकेट ब्याटसहित सामग्री एक वर्षको लागि सम्झौता गरेको छ । ज्यापले सन्दीपसहित युवा ओपनर सुनिल धमला, देव खनाल, आक्रामक ब्याटर आदिल अन्सारी, अलराउन्डर भीम सार्की र विकेटकिपर विनोद भण्डारीलाई प्रायोजन गरेको हो ।

उनीहरुलाई क्रिकेट ब्याट सहित सामग्री प्रदान गर्ने छ । सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका मालिक भव्य भारद्धाज र ६ खेलाडीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । विकेटकिपर विनोद भण्डारीले ज्याकको ब्याट बुधबार अभ्यासमा प्रयोग गर्दा राम्रो पाएको बताए ।

‘ आज अभ्यासमा मैले यो ब्याट प्रयोग गरेको थिए । सबैले राम्रो छ भन्नु भएको छ । हामीलाई चाहिँने राम्रो ब्याटनै हो । पहिला सुनेको थिए । राम्रो क्रिकेट सामग्री लाग्यो,’ विनोदले भने । त्यस्तै कप्तान सन्दीप लामिछानेले ब्याटबाट लामो यात्रा गरेको हुँदा यसले नेपालमा लामो यात्रा गर्ने बताए ।

नेपालका लागि प्रतिनिधि तथा पूर्व नेपाली क्रिकेटर लाक्पा लामाले सामग्री स्तरिय हुनुको साथै नेपाली क्रिकेट विकासमा सहयोग पुग्ने बताए । सम्झौतको रकम भने गोप्य राखिएको छ । ज्याप क्रिकेटका मालिका भव्यका अनुसार विस्तारै अन्य खेलाडीहरुलाई पनि प्रायोजन गर्ने योजना रहेको बताए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.