4 years ago
May 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले थाईल्यान्ड सहित पाँच एसोसियट देशलाई महिला ओडिआई मान्यता प्राप्त प्रदान गरेको छ । आइसिसीले बुधबार थाईल्यान्डसँगै, अमेरिका, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र स्कटल्यान्डलाई महिला ओडिआई मान्यता प्रदान गरेको छ।

थाईल्यान्ड बाहेक अन्य चार टोलीका पुरुष टोली ओडिआई मान्यता देश हुन् । थाईल्यान्ड महिला टि२० आई वरियतामा १० औं स्थानमा छ । महिला टि२० आई वरियतातर्फ स्कटल्यान्ड १३ औं, पपुवा न्युगिनी १४ औं, नेदरल्यान्ड्स २० औं र अमेरिका २७ औं स्थानमा छन् । नेपाल १६ औं स्थानमा छ । नेपाल भन्दा वरियतामा पछि रहेका दुई देश अमेरिका र नेदरल्यान्ड्सले महिला ओडिआई मान्यता पाएका हुन् ।
आइसिसीले आइसिसी वुमन्स च्याम्पियनसिप सार्वजनिक गरेको छ । वुमन्स च्याम्पियनसिपमा टेस्ट टोली जिम्बावे र अफगानिस्तान बाहेक अन्य १० टोली सहभागी हुनेछन् । बंगलादेश र आयरल्यान्ड्सले यस च्याम्पियनसिपमा पहिलो पटक सहभागीता जनाउनेछन् । जुन २०२५ मा हुने महिला विश्वकप छनोटको बाटो हुनेछ ।
१० टोलीले तीन खेलको आठ सिरिज खेल्नेछन् । चार होम र चार अवेमा हुनेछन् । जसमा आयोजक बाहेक पाँच टोली सोझैं विश्वकपमा पुग्नेछन् । बाँकी दुई टोली विश्वकप छनोटबाट आउनेछन् । दुई टोली ओडिआई वरियतामा निर्भर रहनेछ । २०२५ देखि महिला विश्वकपमा १० टोलीले सहभगीता जनाउने छन् । यसअघि भने आठ टोलीले विश्वकपमा सहभागीता जनाउँदै आएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]