default_image

4 years ago

May 27, 2022

बंगलादेशमाथि श्रीलंकाको तीन ओभरमा जित

283 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले दोस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई तीन ओभरमै १० विकेटले पराजित गरेको छ । अन्तिम दिन जितको लागि २९ रनको विजयी लक्ष्य पाएको श्रीलंकाले तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । यो सँगै दुई टेस्ट खेलको सिरिज श्रीलंकाले १–० ले जितेको छ ।

श्रीलंकाका ओपनर ओशदा फर्नान्डो ९ बलमा ३ चौका र १ छक्कासहित २१ रन र दिमुथ करुणारत्ने ७ रनमा अविजित रहे । त्यसअघि बंगलादेश दोस्रो इनिङमा १ सय ६९ रनमा अल आउट भएपछि मात्र २८ रनको अग्रता लिएको थियो । पहिलो इनिङमा १ बंगलादेश १ सय ४१ रनले पछि परेको थियो ।

दोस्रो इनिङमा बंगलादेशका सकिब अल हसनले ७२ बलमा ७ चौकासहित सर्वाधिक ५८ रन बनाए । लिटन दासले १ सय ३५ बलमा ३ चौकासहित ५२ रनमा आउट भए । ५३–५ को अवस्थामा पुगेको बंगलादेशलाई छैटौं विकेटका लागि दास र सकिबले १ सय ३ रनको शतकीय साझेदारी गर्दै उकासेका थिए । तर अन्तिम १३ रन जोड्न पाँच विकेट गुमाउदा सस्तैमा अल आउट भयो । श्रीलंकाका असिथा फ्रेनान्डोले सर्वाधिक ६ विकेट लिए ।

श्रीलंकाले पहिलो इनिङमा ५ सय ६ रनमा अल आउट भएको थियो । श्रीलंका एन्जिलो म्याथ्युजले ३ सय ४२ बलमा १२ चौका र २ छक्कासहित १ सय ४५ रनमा अविजित रहे । पहिलो खेलमा म्याथ्युज १ सय ९९ रनमा अल आउट भएका थिए । म्याथ्युजनै खेलको प्लेयर अफ द सिरिज चुनिए ।

दीनेश चान्डिमल २ सय १९ बलमा ११ चौका र १ छक्कासहित १ सय २४ रनको शतकीय इनिङ खेले । कप्तान दिमुथ करुणारत्ने ८०, ओशदा फर्नान्डो ५७ र धनन्जय डि सिल्भा ५८ रनमा आउट भए । बंगलादेशका सकिब अल हसनले ५ र एबाडोट हुसैनले ४ विकेट लिए ।

त्यसअघि शेरे बंगला नेशनल स्टेडियम मिरपुरमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश ३ सय ६५ रनमा अल आउट भयो । बंगालदेशका अनुभवी ब्याटर मुश्फिकुर रहिमले ३ सय ५५ बलमा २१ चौकासहित १ सय ७५ रनको सानदार अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

लिटन दासले २ सय ४६ बलमा १६ चौका र १ छक्कासहित १ सय ४१ रनमा आउट भए । खराब सुरुवात गर्दै २४–५ को कमजोर अवस्थामा पुगेको बंगलादेशलाई मुश्फिकुर रहिम र लिटन दासले २ सय ७२ रनको दोहोरो शतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट पूनरागमन गराएका थिए ।

श्रीलंका कासुन रजिाथा र असिथा फ्र्रेनान्डोले ४ विकेट लिए । पहिलो टेष्ट भने म्याच ड्र भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.