default_image

4 years ago

May 27, 2022

नेपाली यू-१९ महिला टोलीले पहिलो खेल कतारसँग खेल्ने

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ महिला टोलीले मलेसियामा हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोटमा पहिलो खेल कतारसँग खेल्ने भएको छ ।

जेठ २० देखि मलेसियामा सुरु हुने प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टि२० विश्वकप खेल्न पाउने छन् । प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्ड छन् । चीन र म्यानमार भने सहभागी नहुने भएका छन् ।

यू-१९ महिला विश्वकप पहिलो पटक हुन लागेको हो । २०२३ को सुरुवातमा दक्षिण अफ्रिकामा हुने प्रातियोगितामा १६ टोलीको सहभागीता रहने छ । नेपाली यू-१९ टोलीको विश्वकप खेल्ने सम्भावना बलियो छ । नेपालले कृतिका मरासिनीको कप्तानीमा यस प्रतियोगिता खेल्नेछ ।

नेपालको खेल तालिका

जेठ २० (जुन ३ ) – नेपालविरुद्ध कतार

जेठ २१ (जुन ४ ) – नेपालविरुद्ध युएई

जेठ २३ (जुन ६ ) – नेपालविरुद्ध भुटान

जेठ २४ (जुन ७ ) – नेपालविरुद्ध थाईल्यान्ड

जेठ २५ (जुन ९ ) – नेपालविरुद्ध मलेसिया

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.