4 years ago
May 28, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरायो ।

गुजरातले भने राजस्थानलाई पहिलो क्वालिफायरमा ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । भारतीय अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो सिजनमै च्याम्पियन बन्न चाहन्छ । राजस्थान भने २००८ पछि पहिलो उपाधि जित्ने सोचमा हुनेछ ।
फाइनल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । यस सिजनमा राजस्थान र गुजरातबीच दुई खेल भएका छन् । दुबै खेलमा गुजरात विजयी भएको छ । लिगको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो ।
पहिलो क्वालिफायरमा अन्तिम ६ बलमा १६ रन चाहिँएको अवस्थामा डेविड मिलरले प्रसिद्ध कृष्णलाई लगातार तीन छक्का प्रहार गर्दै फाइनलमा पुर्याए । गुजरात राजस्थानमाथि लगातार तेस्रो जितका साथ च्याम्पियन बन्न चाहन्छ । राजस्थान त्यसको बदला फाइनलमा लिन खोज्नेछ ।
राजस्थानका जस बटलर, युजभेन्द्र चहल, सञ्जु स्यामसन, ट्रेन्ट बोल्ट जस्ता म्याच विनर खेलाडी छन् । बटलरले यस सिजनमा चार शतकसहित ८ सय २४ रन बनाई सकेका छन् । चहलले २६ विकेट लिई सकेका छन् । गुजरातमा हार्दिक पान्ड्या, डेविड मिलर, राशिद खान, राहुल टेवाटिया र मोहम्मद शामी जस्ता खेलाडी छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]