3 years ago
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिका भ्रमणमा चार खेलमा चारनै ब्याटिङले जिताउने बताएका छन् । शनिबार अमेरिका जानु अघि विदाई कार्यक्रममा बोल्दै कप्तान सन्दीप लामिछानेले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘अमेरिकामा खेल्नी सबैले एउटा ठूलो उपलब्धी हो भन्ने भनाई छ । सायद म चाहिँ त्यो भन्दा टाढाको सोच राख्ने मान्छे हुँ। नेपाल अमेरिका जानु र अमेरिका नेपाल आउनु उस्ता उस्तै हो’, सन्दीप भने । ‘हामीले त्यतिकै पनि त्यहाँ खेल्न जानु पर्ने थियो । पहिलो पटक कुनैपनि टोलीले प्रतिनिधित्व गर्दै अमेरिका तिर गएका छौं’, उनले थपे ।
‘यो खेल हाम्रो लागि धेरै महत्वपूर्ण छ । हामीले विश्वकप लिग–२ मा १२ मात्र खेल खेलेका छौं । हेर्दा कम खेले जस्तो लाग्छ । सबै जनाले उतिकै मिहिनेत गरि राख्नु भएको छ’, सन्दीपले भने । त्यसैमा थपे, ‘प्रशिक्षकले पनि बारम्बार भन्दै आउनु भएको छ । यो टोली जस्तो प्रतिभाले एसोसिएटमा सायदै नहोला । हामीसँग फाष्ट बलर, स्पिनर, टप अडर ब्याटर र मिडिल अडर ब्याटरहरु छन् । यहाँबाट हामीले अव प्रमाणित गर्नुपर्छ । हामीले त्यहाँ गएर जसरी पनि जित्नुपर्छ । धेरै भन्दा धेरै प्वाइन्ट लिएर अघि बढ्ने लक्ष्य छ ।’

नेपालको लागि ओमान र अमेरिका नौलो विपक्षी टोली होइनन् । तर अमेरिका खेलाडीले पहिलो पटक खेल्न लागेका छन् । त्यसैले त्यहाँको पिच र वातावरणबारे पूर्ण जानकारी नहुँदा केहि घाटा भने लाग्न सक्छ ।
‘मलाई लाग्दैन त्यस्तो धेरै फरक नहोला । हामीले शारजाहमा खेलि सकेका छौं । पिच बराबर छ । सबै जनाले मिहिनेत गरि राख्नु भएको छ । हामी जुनसुकै परिस्थीतिमा खेल्न तयार छौं । टिम सन्तुलित छ । पक्कैपनि सबै चुनौतीको लागि तयार छौं’, सन्दीपले भने ।
पछिल्लो दुई वर्षमा नेपालले घरेलु मैदानमा सानदार ब्याटिङ गर्दै आएको छ । तर विदेश भ्रमणमा भने त्यो शैलीको ब्याटिङ देखिएको छैन । नेपालको टियु शैलीमा ब्याटिङ अमेरिकामा देख्न सकिएला भन्ने प्रश्नमा सन्दीपले भने, “पक्कैपनि । पछिल्ला केहि भ्रमणमा दुर्भाग्यपूर्ण त्यस्तो हुन सकेको थिएन । सबै खेलाडीमा विश्वास छ । सबैजनाले उतिकै मिहिनेत गर्दै आएका छौं । नेपालमा खेलेको सिरिजले रिदम फिर्ता आएका छ । म पक्का छु कि यो सिरिजमा चार खेलमा चारनै ब्याटिङले जिताउने छ”,।

नेपाली टोली आझ साँझ अमेरिकातर्फ लागेको छ । नेपालले अमेरिकामा स्थानिय टोलीसँग दुई अभ्याससँग खेल्नेछ । त्यसपछि ओमान र अमेरिकासँग दुई दुई ओडिआई खेल खेल्नेछ । आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा सिधैं स्थान बनाउन नेपालले शीर्ष तीनमा रहनुपर्छ । अन्यथा ग्लोबल खेल्न प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।
अमेरिकामा नेपालको खेल तालिका –
जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान
जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल
जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान
असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि एक्सट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन सम्झौता गरेको छ । गोर्खाजले एक्सट्रिम इनर्जिसँग ड्रिङ्क पार्टनरको रुपमा सम्झौता गरेको हो । एनपिएलमा काठमान्डु गोर्खाजले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो लगाएर खेल्ने छ । काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्क बीच यसका लागि सम्झौता […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा खेल्ने भएका छन् । एनपिएलको दोस्रो संस्कारणका लागि ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले लेग स्पिनर ताहिरलाई अनुबन्धन गरेको जनाएको छ । ताहिरसँग सबैखाले खेलमा गरि झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएका छ । पाकिस्तानमा जन्मिएका […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि ट्वान्टी विश्वकप कप क्रिकेटमा अम्पायरको भूमिका निर्वाह गर्ने भएका छन् । कात्तिक २५ (नोभेम्बर ११) मा भारतको नयाँ दिल्लीमा सुरु हुने विश्व कप मंसिर ७ (नोभेम्बर २३) मा श्रीलंकामा फाइनल हुनेछ। गुप्ता आज भारत गएका छन् । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, […]