4 years ago
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्युजिल्यान्डका पूर्व विष्फोटक ब्याटिङ अलराउन्डर कोरी एन्डरसनले अमेरिकामा नेपालविरुद्ध नेपाली अल स्टार टोलीबाट अभ्यास खेल्ने भएका छन् । नेपाली अल स्टारले पृथु बाँस्कोटाको कप्तानीमा घोषणा गरेको टोलीमा कोरी एन्डरसन उपकप्तान छन् ।

नेपालले आइसिसी विश्वकप लिग २ मा ओमान र अमेरिकासँग त्रिकोणात्मक ओाडिआई सिरिज खेल्नु अघि दुई अभ्यास खेल खेल्नेछ । नेपाली अल स्टारसँग जेठ १९ (जुन २) मा नेपाली अल स्टार र जेठ २१ मा (जुन ४) मा ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्ने छ ।
५० ओभरको अभ्यास खेलमा नेपाल र नेपाली अल स्टार्सबीच प्रेरी भ्यू क्रिकेट कम्पलेक्समा हुनेछ । बाँया हाते कोरी विश्फोटक ब्याटिङकासँगै तीब्र गतिका बलर हुन् । उनले न्युजिल्यान्डका ४५ ओडीआई इनिङमा १ शतक र ४ अर्ध शतक सहित कुल ११ सय ९ रन बनाएका छन् ।
एन्डरसनले सन् २०१४ मा वेस्ट इन्डिविरुद्ध ३६ बलमै शतक प्रहार गरेका थिए । उक्त खेलमा एन्डरसन ४७ बलमा ६ चौका र १४ छक्का सहित १ सय ३१ रनको विश्फोटक इनिङ खेलेका थिए । २४ टि ट्वान्टी आई इनिङमा एन्डरसनले ४ सय ८५ रन बनाएका छन् । टि ट्वान्टी आईमा बंगलादेशविरुद्ध २०१७ मा ४१ बलमा १० छक्का र २ चौका सहित ९४ रनमा अविजित इनिङ खेलेका थिए । एन्डरसनले टेष्टमा १६, ओडीआईमा ६० र टि ट्वान्टीमा १४ विकेट लिएका छन् ।

एन्डरसनले आईपिएल दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर बेंगलोर र मुम्बई इन्डियन्सबाट खेलि सकेका छन् । अव एन्डरसनले अमेरिकाबाट क्रिकेट खेल्ने तयारीमा छन् । नेपाली मध्यक्रमका ब्याटर पृथु भने लामो समय देखि अमेरिकामा रहँदै आएका छन् । त्यस्तै नेपालका अनुभवी स्पिनर बसन्त रेग्मी र पूर्व खेलाडी कनिष्क चौगाईं पनि अमेरिकामै छन् । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।
नेपाली अल स्टार्सको टोली :
पृथु बाँस्कोटा (कप्तान), कोरी एन्डरसन (उपकप्तान), वसन्त रेग्मी, एन्ड्रिज गस, हम्रित सिंह, मोहम्मद इलायस, नितिश कुमार, शड्ली भ्यान शल्कविक, स्मित पटेल, उदय कौल, कनिष्क चौगाईं, गौरभ बजाज, आदिल भाटी, रेहमान डर र विपुल शर्मा ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका –
जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान
जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल
जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान
असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]