default_image

4 years ago

May 29, 2022

राजस्थानलाई १४ वर्षपछि च्याम्पियन बन्ने अवसर

166 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि च्याम्पियन बन्ने अवसर रहेको छ । राजस्थानले आज फाइनलमा साँझ गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ ।

राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । फाइनलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि भने राजस्थानले फाइनलमा सम्म स्थान बनाउन सकेको थिएन । फाइनलमा विजयी भएमा राजस्थान १४ वर्षपछि च्याम्पियन बन्नेछ ।

राजस्थानले २०१३ मा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको थियो । क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ४ विकेटले पराजित हुँदै बाहिरिएको थियो । मुम्बईले फाइनलमा चेन्नईलाई हराउँदै आइपिएलको पहिलो उपाधि जितेको थियो ।

त्यसपछि राजस्थान २०१५ र २०१८ मा एलिमिनेटरबाट बाहिरिएको थियो । २०१५ मा राजस्थान बेंगलोरसँग ७१ रनले पराजित हुँदै बाहिरिएको थियो । २०१८ को एलिमिनेटर खेलमा कोलकातासँग २५ रनले पराजित हुँदै बाहिरिएको थियो । अन्य सिजनमा भने राजस्थान लिगबाटै बाहिरिदै आएको थियो ।

गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । राजस्थानले दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । यस सिजनमा राजस्थान र गुजरातबीच दुई खेल भएका छन् । दुबै खेलमा गुजरात विजयी भएको छ ।

राजस्थानलाई च्याम्पियन बनाउन ओपनर जस बटलरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । बटलरले यस सिजनमा चार शतकसहित ८ सय २४ रन बनाई सकेका छन् । बटलरले दोस्रो क्वालिफायरमा बेंगलोरविरुद्ध १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । गुजरातविरुद्ध पहिलो क्वालिफायरमा ८९ रन जोडेका थिए ।

सुरुवाती केहि समय लिँदै अन्तिम सम्म ब्याटिङ गर्ने बटलरको प्रदर्शनले योगफल निर्भर रहनेछ । राजस्थानको तल्लोक्रम ब्याटिङ कमजोरीको रुपमा छ । त्यसको लागि मध्यक्रमका ब्याटर देवदत्त पाडिक्कल र शिम्रन हेटमायरले राम्रो ब्याटिङ गर्नुपर्छ ।

राजस्थानको यस सिजनमा उत्कृष्ट बलिङ आक्रामण छ । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, ओबेद म्याकोय र प्रसिद्ध कृष्ण छन् । कृष्ण र म्याकोयले दोस्रो क्वालिफायरमा उच्च प्रदर्शन गर्दै आएका छन् । बोल्टले नयाँ बलका साथ सानदार प्रदर्शन गर्दै आएका छन् । स्पिनर युजभेन्द्र चहल र रविचन्द्रन आश्विनको जोडीको प्रदर्शन अझैं महत्वपूर्ण हुनेछ ।

चहललाई पर्पल क्याप जित्न आजको खेलमा कम्तिमा एक विकेट लिनुपर्छ । बेंगलोरका हर्षल पटेल र चहलको समान २६ विकेट छ । बटलरको लय र राजस्थानको बलिङ आक्रामणनै प्रमुख पक्षको रुपमा छ । राजस्थानको टोलीमा परिवर्तनको सम्भावना भने कम छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.