default_image

4 years ago

May 29, 2022

राजस्थानलाई १४ वर्षपछि च्याम्पियन बन्ने अवसर

164 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि च्याम्पियन बन्ने अवसर रहेको छ । राजस्थानले आज फाइनलमा साँझ गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ ।

राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । फाइनलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि भने राजस्थानले फाइनलमा सम्म स्थान बनाउन सकेको थिएन । फाइनलमा विजयी भएमा राजस्थान १४ वर्षपछि च्याम्पियन बन्नेछ ।

राजस्थानले २०१३ मा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको थियो । क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ४ विकेटले पराजित हुँदै बाहिरिएको थियो । मुम्बईले फाइनलमा चेन्नईलाई हराउँदै आइपिएलको पहिलो उपाधि जितेको थियो ।

त्यसपछि राजस्थान २०१५ र २०१८ मा एलिमिनेटरबाट बाहिरिएको थियो । २०१५ मा राजस्थान बेंगलोरसँग ७१ रनले पराजित हुँदै बाहिरिएको थियो । २०१८ को एलिमिनेटर खेलमा कोलकातासँग २५ रनले पराजित हुँदै बाहिरिएको थियो । अन्य सिजनमा भने राजस्थान लिगबाटै बाहिरिदै आएको थियो ।

गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । राजस्थानले दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । यस सिजनमा राजस्थान र गुजरातबीच दुई खेल भएका छन् । दुबै खेलमा गुजरात विजयी भएको छ ।

राजस्थानलाई च्याम्पियन बनाउन ओपनर जस बटलरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । बटलरले यस सिजनमा चार शतकसहित ८ सय २४ रन बनाई सकेका छन् । बटलरले दोस्रो क्वालिफायरमा बेंगलोरविरुद्ध १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । गुजरातविरुद्ध पहिलो क्वालिफायरमा ८९ रन जोडेका थिए ।

सुरुवाती केहि समय लिँदै अन्तिम सम्म ब्याटिङ गर्ने बटलरको प्रदर्शनले योगफल निर्भर रहनेछ । राजस्थानको तल्लोक्रम ब्याटिङ कमजोरीको रुपमा छ । त्यसको लागि मध्यक्रमका ब्याटर देवदत्त पाडिक्कल र शिम्रन हेटमायरले राम्रो ब्याटिङ गर्नुपर्छ ।

राजस्थानको यस सिजनमा उत्कृष्ट बलिङ आक्रामण छ । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, ओबेद म्याकोय र प्रसिद्ध कृष्ण छन् । कृष्ण र म्याकोयले दोस्रो क्वालिफायरमा उच्च प्रदर्शन गर्दै आएका छन् । बोल्टले नयाँ बलका साथ सानदार प्रदर्शन गर्दै आएका छन् । स्पिनर युजभेन्द्र चहल र रविचन्द्रन आश्विनको जोडीको प्रदर्शन अझैं महत्वपूर्ण हुनेछ ।

चहललाई पर्पल क्याप जित्न आजको खेलमा कम्तिमा एक विकेट लिनुपर्छ । बेंगलोरका हर्षल पटेल र चहलको समान २६ विकेट छ । बटलरको लय र राजस्थानको बलिङ आक्रामणनै प्रमुख पक्षको रुपमा छ । राजस्थानको टोलीमा परिवर्तनको सम्भावना भने कम छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.