default_image

4 years ago

May 29, 2022

बटलरलाई ओरेन्ज क्याप

231 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सका ओपनर जस बटलरले ओरेन्ज क्याप जित्ने भएका छन् । राजस्थानले आज राती फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ । तर बटलरले फाइनल अघि नै आरेन्ज क्याप पाउने पक्का भएको छ ।

बटलरले यस सिजनमा १६ खेलमा ४ शतक र ४ अर्धशतक सहित कुल ८ सय २४ रनका साथ शीर्षस्थानमा छन् । उनीपछि लखनऊ सुपर जायन्ट्सका लोकेश राहुलले १५ खेलमा २ मा शतक र ४ मा अर्धशतक सहित ६ सय १६ रन बनाएका छन् । लखनऊका क्विन्टन डि ककले समान खेलमा १ शतक र ३ मा अर्धशतक सहित ५ सय ८ रन बनाएका छन् ।

फाइनल खेल्ने विपक्षी टोलीबाट हार्दिक पान्ड्याले १४ खेलमा ४ मा अर्धशतक सहित ४ सय ५३ रन बनाएका छन् । बटलरले यस सिजनमा मुम्बई इन्डियन्सविरुद्ध १ सय, कोलकाता नाइट राइडर्सविरुद्ध १ सय ३, दिल्ली क्यापिटल्सविरुद्ध १ सय १५ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । बटलर राजस्थान रोयल्स र इंग्ल्यान्डका ओरेन्ज क्याप जित्ने पहिलो खेलाडी हुन् ।


यसअघिका १४ संस्करण मध्य ६ ओरेन्ज क्याप अष्ट्रेलियाका खेलाडीले जितेका छन् । अष्ट्रेलियाबाट डेविड वार्नरले मात्र तीन आरेन्ज क्याप २०१५, २०१७ र २०१९ मा जितेका थिए । भारतीय खेलाडीले पाँच, वेस्टइन्डिजकाले दुई र न्युजिल्यान्डबाट एक ओरेन्ज क्याप जितेका छन् ।

सर्वाधिक ओरेन्ज क्याप वार्नरपछि वेस्टइन्डिजका क्रिस गेलले २०११ र २०१२ को सिजनमा लगातार जितेका थिए । वार्नर र गेल बाहेक अन्य खेलाडीले दुई पटक ओरेन्ज क्याप जित्न सकेका छैनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.