default_image

4 years ago

May 29, 2022

बटलरलाई ओरेन्ज क्याप

229 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सका ओपनर जस बटलरले ओरेन्ज क्याप जित्ने भएका छन् । राजस्थानले आज राती फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ । तर बटलरले फाइनल अघि नै आरेन्ज क्याप पाउने पक्का भएको छ ।

बटलरले यस सिजनमा १६ खेलमा ४ शतक र ४ अर्धशतक सहित कुल ८ सय २४ रनका साथ शीर्षस्थानमा छन् । उनीपछि लखनऊ सुपर जायन्ट्सका लोकेश राहुलले १५ खेलमा २ मा शतक र ४ मा अर्धशतक सहित ६ सय १६ रन बनाएका छन् । लखनऊका क्विन्टन डि ककले समान खेलमा १ शतक र ३ मा अर्धशतक सहित ५ सय ८ रन बनाएका छन् ।

फाइनल खेल्ने विपक्षी टोलीबाट हार्दिक पान्ड्याले १४ खेलमा ४ मा अर्धशतक सहित ४ सय ५३ रन बनाएका छन् । बटलरले यस सिजनमा मुम्बई इन्डियन्सविरुद्ध १ सय, कोलकाता नाइट राइडर्सविरुद्ध १ सय ३, दिल्ली क्यापिटल्सविरुद्ध १ सय १५ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । बटलर राजस्थान रोयल्स र इंग्ल्यान्डका ओरेन्ज क्याप जित्ने पहिलो खेलाडी हुन् ।


यसअघिका १४ संस्करण मध्य ६ ओरेन्ज क्याप अष्ट्रेलियाका खेलाडीले जितेका छन् । अष्ट्रेलियाबाट डेविड वार्नरले मात्र तीन आरेन्ज क्याप २०१५, २०१७ र २०१९ मा जितेका थिए । भारतीय खेलाडीले पाँच, वेस्टइन्डिजकाले दुई र न्युजिल्यान्डबाट एक ओरेन्ज क्याप जितेका छन् ।

सर्वाधिक ओरेन्ज क्याप वार्नरपछि वेस्टइन्डिजका क्रिस गेलले २०११ र २०१२ को सिजनमा लगातार जितेका थिए । वार्नर र गेल बाहेक अन्य खेलाडीले दुई पटक ओरेन्ज क्याप जित्न सकेका छैनन् ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.