default_image

4 years ago

May 30, 2022

बटलरलाई आइपिएलमा ६ अवार्ड, अन्य कसले के जिते ?

214 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सका ओपनर जस बटलर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मोष्ट भ्यालुएबलसहित ६ अवार्ड एक्लै जितेका छन् । राजस्थानलाई फाइनल सम्म पुर्याउन सानदार ब्याटिङ प्रदर्शन गरेका बटलरले एकछत्र राज गर्दै मष्ट भ्यालुएबल, ओरेन्ज क्यापसहित ६ अवार्ड जितेका हुन् ।

बटलरले यस सिजनमा १७ खेलमा ४ शतक र ४ अर्धशतक सहित कुल ८ सय ६३ रनका साथ शीर्षस्थानमा रहे । बटलरले प्रतियोगिताभर ८३ चौका र ४५ छक्का प्रहार गरे । बटलरले यस सिजनमा मुम्बई इन्डियन्सविरुद्ध १ सय, कोलकाता नाइट राइडर्सविरुद्ध १ सय ३, दिल्ली क्यापिटल्सविरुद्ध १ सय १५ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ६ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

बटलर फाइनलमा भने गुजरात टाइटन्सविरुद्ध ३९ रनमा आउट हुँदै ठूलो इनिङ खेल्नबाट चुकेका थिए । त्यसैको कारण राजस्थान सस्तैमा अल आउट भएको थियो । राजस्थान रोयल्सका स्पिनर युजभेन्द्र चहलले पर्पल क्याप जिते । चहलले १७ खेलमा ६८ ओभर बलिङ गर्दै ५ सय २७ रन खर्चेर २७ विकेटक साथ शीर्षस्थानमा रहे ।

सनराइजर्स हैदराबादका तीव्र गतिका बलर उमरान मलिक उदीयमान खेलाडी चुनिए । उनले १४ खेलमा २२ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरमा चौथो स्थानमा रहे । मलिक तीव्र गतिको कारण निकै चर्चामा रहे । आइपिएल इतिहासमा एकै टोलीबाट ओरेन्ज क्याप र पर्पल क्याप पाएको यो तेस्रो पटक हो ।

यसअघि चेन्नई सुपर किंग्सबाट माइकल हसीले ओरेन्ज क्याप र ड्वेन ब्राभोले पर्पल क्याप जितेका थिए । २०१७ मा सनराइजर्स हैदराबादबाट वार्नरले ओरेन्ज क्याप र भुवनेश्वर कुमारले पर्पल क्याप पाएका थिए ।

आइतबार राती राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्सले उपाधि जित्यो । विजेता गुजरातले २० करोड भारु र उपविजेता राजस्थानले १२ करोड ५० लाख भारु प्राप्त गरेका छन् । आइपिएल २०२२ मा का सम्पूर्ण अवार्ड र प्राप्त रकम यस प्रकार छ ।

कसलाई कुन अवार्ड र रकम ?

मष्ट भ्यालुएबल प्लेयर : जस बटलर – १० लाख भारु

क्याच अफ द सिजन : ओबेद म्याकोय (राजस्थान) – १० लाख भारु

ओरेन्ज क्याप : बटलर – १० लाख भारु

पर्पल क्याप : युजभेन्द्र चहल – १० लाख भारु

रुपे ओन द गो फोर अफ द सिजन : बटलर – १० लाख

फास्ट डेलीभरी अफ द सिजन : ल्योकी फर्गुसन (गुजरात ) – १० लाख ( १५७.३ प्रतिघण्टा किलोमिटर फाइनलमा)

पावर प्लेअफ द सिजन : बटलर – १० लाख भारु

ड्रिम गेम चेन्जर अफ द सिजन – बटलर १० लाख भारु

सुपर स्टाइकर्स – हार्दिक पान्ड्या

सिक्स अफ द सिजन – बटलर ( १० लाख भारु)

इमर्जिङ प्लेयर – उमरान मलिक (हैदराबाद २२ विकेट) : १० लाख भारु

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.