4 years ago
May 30, 2022
ह्युस्टन (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार ह्युस्टन आइपुगेको छ ।

शनिबार नेपालबाट प्रस्थान गरेको २२ सदस्यीय नेपाली टोलीलाई आइतबार ह्युस्टनस्थित जर्ज बुस विमानस्थलमा आइपुगेको हो । नेपाली टोलीको तयारी तथा दुई खेलको व्यवस्थापन सम्हालिरहेको नेपाली अल स्टार्सका प्रबन्ध निर्देशक संजय शर्मा र व्यवस्थापक उत्सव सिग्देलले टोलीलाई विमानस्थलमा स्वागत गरेका थिए ।
टोलीले आज हल्का विश्रामपश्चात टोलीका ब्याटर देव खनाल र फिजियो विक्रम न्यौपानेको जन्मदिन मनाएको थियो । टोलीले भोली हल्का अभ्यास तथा पर्सी पूर्ण अभ्यास गर्ने कार्यक्रम रहेको छ ।
नेपालले ह्युस्टनमा लिग २ को त्रिकोणात्मक सिरिज खेल्नुअघि अभ्यास सेसन तथा दुई खेल खेल्ने कार्यक्रम रहेको छ । पहिलो अभ्यास खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका पूर्व खेलाडी तथा अन्तर्राष्ट्रिय स्टार सम्मिलित नेपाल अल स्टार्सविरुद्ध हुनेछ भने दोस्रो खेल ह्युस्टन हरिकेन्सविरुद्ध खेलिनेछ ।
अभ्यासको पहिलो खेल जुन २ र दोस्रो जुन ४ मा ह्युस्टनको प्रेर भ्यु क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजका सम्पूर्ण खेल भने मुसा क्रिकेट स्टेडियममा हुनेछ ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।
नेपाली अल स्टार्सको टोली :
पृथु बाँस्कोटा (कप्तान), कोरी एन्डरसन (उपकप्तान), वसन्त रेग्मी, एन्ड्रिज गस, हम्रित सिंह, मोहम्मद इलायस, नितिश कुमार, शड्ली भ्यान शल्कविक, स्मित पटेल, उदय कौल, कनिष्क चौगाईं, गौरभ बजाज, आदिल भाटी, रेहमान डर र विपुल शर्मा

अमेरिकामा नेपालकोखेल तालिका –
जुन २ (जेठ १९) – नेपाल विरुद्ध नेपाल अल स्टार्स – प्रेर भ्यु क्रिकेट मैदान, ह्युस्टन
जुन ४ (जेठ २१) – नेपालविरुद्ध ह्युस्टन हरिकेन्स – प्रेर भ्यु क्रिकेट मैदान, ह्युस्टन
जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान – मुसा क्रिकेट रंगशाला, ह्युस्टन
जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल – मुसा क्रिकेट रंगशाला, ह्युस्टन
जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान – मुसा क्रिकेट रंगशाला, ह्युस्टन
असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल – मुसा क्रिकेट रंगशाला, ह्युस्टन
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]