default_image

2 years ago

June 1, 2022

‘टिम डेविडले अष्ट्रेलियाबाट खेल्नेमा कुनै शंका छैन’

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सानदार प्रदर्शन गरेपछि सिंगापुरका विष्फोटक ब्याटर टिम डेविडले अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने उच्च सम्भावना रहेको छ । सिंगापुरमा जन्मिएका डेविडले अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । सिंगापुरबाट अन्तर्राष्ट्रिय क्रिकेट खेली सकेका टिम डेविड आगमी अक्टोबर नोभेम्बरमा टि२० विश्वकपमा घरेलु टोली अष्ट्रेलिया टोलीमा हुने सम्भावना बढी छ । […]

94 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सानदार प्रदर्शन गरेपछि सिंगापुरका विष्फोटक ब्याटर टिम डेविडले अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने उच्च सम्भावना रहेको छ । सिंगापुरमा जन्मिएका डेविडले अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् ।

सिंगापुरबाट अन्तर्राष्ट्रिय क्रिकेट खेली सकेका टिम डेविड आगमी अक्टोबर नोभेम्बरमा टि२० विश्वकपमा घरेलु टोली अष्ट्रेलिया टोलीमा हुने सम्भावना बढी छ । अष्ट्रेलिया सिमित ओभरका कप्तान आरोन फिन्चले त्यसको संकेत दिएका छन् । २०२१ मा टि२० विश्वकप च्याम्पियन विकेटकिपर म्याथ्यु वेडले डेविडले अष्ट्रेलियाबाट खेल्नेमा कुनै शंका नभएको बताएका छन् ।

मुम्बई इन्डियन्सबाट डेविडले यस सिजनको आइपिएलमा डेविडले ८ खेलमा २ सय १६ को स्ट्राइक रेटमा कुल १ सय ६८ रन बनाएका थिए । प्लेअफमा पुग्न दिल्लीले अन्तिम खेलमा मुम्बईलाई हराउनु पर्ने थियो । तर डेविडले ११ बलमा २ चौका र ४ छक्कासहित ३४ रन जोड्दै दिल्लीको प्लेअफमा तगारो बनेका थिए । हैदराबादविरुद्ध १८ बलमा ४६ रन जोडेका थिए ।

‘डेविड केहि समयको लागि उत्कृष्ट लयमा छन् । आइपिएलमा उनले अन्तिममा उत्कृष्ट अन्त्य गरे । बल प्रहार गर्ने क्षमता एकदमै दुर्लभ र कौशल हो’, सोमबार फिन्चले भने । त्यसैमा थपे, ‘पक्कैपनि हामीले उनलाई अर्को केहि समयमा हेर्ने छौं ।’

‘उनीसँग विश्वका कुनैपनि खेलाडी जतिकै शक्ति छ । उनले आइपिएलमा समाप्त गरेकोमा म खुसी छु’, वेडले भनेका छन् । ‘यो विश्वकप होस् वा अर्को विश्वकप उनीसँग प्रशस्त समय छ । उनले अष्ट्रेलियाको लागि क्रिकेट खेल्ने छन् । यसमा कुनै शंका छैन’, वेडले भनेका छन् ।

अष्ट्रेलियाबाट मौका नपाएपछि डेविडले २०१९ मा सिंगापुरबाट क्रिकेट खेलेका थिए । जसक्रममा टि२० विश्वकप एसिया छनोटमा डेविडले नेपालविरुद्ध ७७ रनको इनिङ खेल्दै नेपालको टि२० विश्वकप सपना समाप्त पारेका थिए । उक्त प्रदर्शन बारे उनको जीवनीबारे लेखिएको लेख :

अष्ट्रेलियन डेविड जसले सिंगापुरलाई विश्वकपनजिक पुर्याए

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.