default_image

4 years ago

June 2, 2022

कोरी एन्डरसनले नेपालविरुद्ध नखेल्ने

467 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – पूर्व न्युजिल्यान्डका विष्फोटक ब्याटिङ अलराउन्डर कोरी एन्डरसनले आज राती हुने नेपालसँगको अभ्यास खेल नेपाली अल स्टार्सबाट नखेल्ने भएका छन् । यसअघि एन्डरसन नेपाली अल स्टार्सको उपकप्तानको रुपमा टोलीमा रहेपनि पारिवारिक कारण गुमाउने भएका छन् ।

खेल नेपाली समय अनुसार राती ९ : १५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल सुरु हुनेछ । खेल ५० ओभरको अभ्यास हुनेछ । एन्डरसनको छोरी जन्मिएपछि नखेल्ने भएका हुन् । छोरीको जन्म भएसँगै उनी अमेरिकाको डलास फर्किएका छन् ।

कोरी नेपालविरुद्ध खेल्ने नेपाली अल स्टार्सबाट सर्वाधिक ठूला नाम रहेका खेलाडी थिए । पृथु बाँस्कोटाको कप्तानीमा रहेको अल स्टार्समा वसन्त रेग्मी, कनिष्क चौगाईं, आइपिएल अनुभवी विपुल शर्मा लगायतका खेलाडी छन् । एन्डरसनले न्युजिल्यान्ड छाडेर अमेरिकाबाट क्रिकेट खेल्ने तयारीमा रहेका छन् । कोरीले २०१८ यता न्युजिल्यान्डबाट खेलेका छैनन् ।

बाँया हाते कोरी विश्फोटक ब्याटिङकासँगै तीब्र गतिका बलर हुन् । ३१ वर्षीय उनले न्युजिल्यान्डका लागि ४५ ओडीआई इनिङमा १ शतक र ४ अर्ध शतक सहित कुल ११ सय ९ रन बनाएका छन् । एन्डरसनले सन् २०१४ मा वेस्ट इन्डिविरुद्ध ३६ बलमै शतक प्रहार गरेका थिए ।

उक्त खेलमा एन्डरसन ४७ बलमा ६ चौका र १४ छक्का सहित १ सय ३१ रनको विश्फोटक इनिङ खेलेका थिए । २४ टि ट्वान्टी आई इनिङमा एन्डरसनले ४ सय ८५ रन बनाएका छन् । टि ट्वान्टी आईमा बंगलादेशविरुद्ध २०१७ मा ४१ बलमा १० छक्का र २ चौका सहित ९४ रनमा अविजित इनिङ खेलेका थिए । एन्डरसनले टेष्टमा १६, ओडीआईमा ६० र टि ट्वान्टीमा १४ विकेट लिएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.