4 years ago
June 2, 2022
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा अल स्टार्सका कप्तान पृथु बास्कोटाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिका र ओमानसँग खेल्न ह्युस्टन पुगेको हो । विश्वकप लिग २ अघि तयारी स्वरुप नेपालले दुई अभ्यास खेल खेल्न लागेको हो । अल स्टार्सको टोलीमा पृथुसँगै वसन्त रेग्मी र आइपिएल अनुभवी विपुल शर्मा लगायतका खेलाडी छन् । नेपालले आजको खेलमा दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिएको छ ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, रोहित पौडेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विनोद भण्डारी र आदिल अन्सारी ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]