default_image

4 years ago

June 2, 2022

नेपालले टस हार्यो, दीपेन्द्रलाई विश्राम

217 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा अल स्टार्सका कप्तान पृथु बास्कोटाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिका र ओमानसँग खेल्न ह्युस्टन पुगेको हो । विश्वकप लिग २ अघि तयारी स्वरुप नेपालले दुई अभ्यास खेल खेल्न लागेको हो । अल स्टार्सको टोलीमा पृथुसँगै वसन्त रेग्मी र आइपिएल अनुभवी विपुल शर्मा लगायतका खेलाडी छन् । नेपालले आजको खेलमा दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिएको छ ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, रोहित पौडेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विनोद भण्डारी र आदिल अन्सारी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.