default_image

2 years ago

June 3, 2022

आरिफको अर्धशतकमा नेपाली अल स्टार्सलाई मध्यम लक्ष्य

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) –नेपालले मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सलाई १ सय ९१ रनको मध्यम लक्ष्य दिएको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । नेपालका आरिफ शेखले ७४ बलमा […]

98 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) –नेपालले मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सलाई १ सय ९ रनको मध्यम लक्ष्य दिएको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १ सय ९रनमा अल आउट भएको थियो ।

नेपालका आरिफ शेखले ७४ बलमा ५ चौकासहित ६४ रनमा अविजित रहे । आरिफले ६६ बलमा अर्धशतक पूरा गरेका थिए । करण केसीले १७ बलमा २ छक्का र १ चौकासहित कुल २१ रन जोडे । खराब सुरुवात गरेपनि पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए ।

ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर एन्ड्रिज गसबाट आउट भए । आसिफ तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण १ रनमा रिटायर्ट हुन पुगे । रोहित आदिल भाटीको आठौं ओभरको चौथो बलमा विकेटकिपरबाट क्याच हुँदा नेपाल ३१–२ को अवस्थामा पुगेको थियो । रोहितले २३ बलमा २ चौकासहित १६ रन बनाए ।

बेन्चमा रहेका सुनिल धमला आदिल भाटीको बलमा ४ रनमा एलबीडब्लू आउट भए । आसिफ रिटार्य भएपछि धमला ब्याटिङमा आएका थिए । देव खनाल स्पिनर हम्रित सिंहको १९ औं ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा उदय कौलबाट क्याच आउट भए । देवले ५६ बलमा १ चौका सहित २० रन जोडे ।

विनोद स्पिनर मार्टिन कैनको ३२ औं ओभरको पाँचौं बलमा एक्स्ट्रा कभरमा ५१ बलमा ३ चौकासहित २६ रनमा पृथु बास्कोटाबाट क्याच आउट भए । सोमपाल कामी कैनको ३५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा २० बल खेल्दै २ रनमा क्याच आउट भए । कैनले आदिललाई ९ रनमा विकेटकिपरबाट क्याच गराउँदा नेपाल ३८.३ ओभरमा १३५–७ को अवस्थामा पुगेको थियो ।


त्यसपछि करण केसीले आक्रामक ब्याटिङ गरेका थिए । तर धेरै समय क्रिजमा बिताउन भने पाएनन् । करण मोहम्मद इलयासको ४२ औं ओभरको चौथो बलमा उपरकट सट खेल्नेक्रममा विकेटकिपरबाट क्याच आउट भए । सन्दीप १४ बलमा ७ रनमा आउट भए ।

नेपाली अल स्टार्सका स्पिनर मार्टिन कैनले ६ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । मोहम्मद इलायसले ८ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । आदिल भाटीले ७ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । विपुल शर्मा र हरम्रित सिंहले १-१ विकेट लिए । वसन्त रेग्मीले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चे ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.