default_image

2 years ago

June 3, 2022

पहिलो दिन नै १७ विकेट पतन

एजेन्सी – तीव्र गतिका बलर हाबी बन्दा न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलमा पहिलो दिन नै १७ विकेट पतन भएको छ । लर्ड्समा पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ३६ ओभरमा ११६–७ को अवस्थामा छ । पहिलो इनिङमा इंग्ल्यान्ड १६ रनले पछि परेको छ । इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स १३ बलमा ६ रनमा अविजित छन् । उनलाई […]

90 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर हाबी बन्दा न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलमा पहिलो दिन नै १७ विकेट पतन भएको छ । लर्ड्समा पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ३६ ओभरमा ११६–७ को अवस्थामा छ । पहिलो इनिङमा इंग्ल्यान्ड १६ रनले पछि परेको छ ।

इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स १३ बलमा ६ रनमा अविजित छन् । उनलाई दोस्रो दिन स्टुअर्ट ब्रोडले ४ रनबाट साथ दिनेछन् । घरेलु टोली इंग्ल्यान्डले राम्रो सुरुवात गरेपनि मध्यक्रममा सम्हाल्लिन सकेन । ओपनर ज्याक क्रली र एलेक्स लेस पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

क्रली ५६ बलमा ७ चौकासहित ४३ रनमा काइल जेमिसनको बलमा क्याच आउट भए । लेस ७७ बलमा ३ चौकासहित २५ रनमा आउट भए । ओपनर बाहेक अन्य ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् । २५ रन जोड्न ६ विकेट गुमाएपछि समस्यामा परेको थियो । ओली पोप ७, जो रुट ११, जोनी बेयरस्टो र कप्तान बेन स्टोक्स १–१ रनमा आउट भए ।

न्युजिल्यान्डका टिम साउथी, काइल जेमिसन र ट्रेन्ट बोल्टले २–२ विकेट लिएका छन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्ड १ सय ३२ रनमा अल आउट भयो । न्युजिल्यान्डका कोलिन डि ग्रान्डहोम ५० बलमा ४ चौकासहित ४२ रनमा अविजित रहे । ओपनर टम लाथम र विल योंगलाई जेम्स एन्डरसनले १–१ रनमा जोनी बेयरस्टोबाट क्याच गराए ।

डेब्यू खेल खेलेका म्याथ्यु पट्सले केन विलियम्सलाई २ रनमा क्याच गराएपछि न्युजिल्यान्ड समस्यामा परेको थियो । पट्सले नै डर्याल मिचेललाई १३ र विकेटकिपर टम ब्लन्डेललाई १४ रनमा आउट गरे । जेमिसन ६, टिम साउथी २६, अजाज पटेल ७ र बोल्टले १४ रन बनाए ।

एक समय ३६–६ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई तल्लोक्रमका ब्याटरले एक सयमाथिको योगफल कटाएका थिए । इंग्ल्यान्डका जेम्स एन्डरसनले ४ विकेट लिए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर म्याथ्यु पट्सले ९.२ ओभरमा ४ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए । सिरिज तीन टेस्ट खेलको हुनेछ ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.