4 years ago
June 3, 2022
कह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – जितको लागि मध्यम विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सविरुद्ध नेपालले कमजोर बलिङ सुरुवात गरेको छ ।

जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ९ ओभरमा १ विकेट गुमाई ५९ रन बनाएको छ । अल स्टार्सका ओपनर एन्ड्रिज गौस २६ बलमा ८ चौकासहित ३९ रनमा अविजित छन् । २८ वर्षीय गौस दक्षिण अफ्रिका घरेलु क्रिकेटमा सानदार प्रदर्शनका साथ सिनियर टोलीको पर्खाईमा रहेका खेलाडी हुन् ।
भारतीय मुलका अनुभवी ओपनर उदय कौल २६ बलमा २ चौकासहित १३ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि कौल र गौसले ८.४ ओभरमा ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । कप्तान सन्दीप लामिछानेको नवौं ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा कौल देव खनालबाट क्याच आउट भएका थिए ।

त्यसअघि अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो ।
नेपालका आरिफ शेखले ७४ बलमा ५ चौकासहित ६४ रनमा अविजित रहे । आरिफले ६६ बलमा अर्धशतक पूरा गरेका थिए । करण केसीले १७ बलमा २ छक्का र १ चौकासहित कुल २१ रन जोडे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]