default_image

2 years ago

June 3, 2022

सन्दीपको पाँच विकेट

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कप्तान सन्दीप लामिछानेले पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सविरुद्ध पाँच विकेट लिएका छन् । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले २१ ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको छ । पहिलो विकेटका लागि एन्ड्रिज गौस र उदय कौलले ८.४ ओभरमा ५५ […]

157 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कप्तान सन्दीप लामिछानेले पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सविरुद्ध पाँच विकेट लिएका छन् । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले २१ ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको छ ।


पहिलो विकेटका लागि एन्ड्रिज गौस र उदय कौलले ८.४ ओभरमा ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । कप्तान सन्दीप लामिछानेको नवौं ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा कौल देव खनालबाट क्याच आउट भए । उनले २६ बलमा १३ बलमा २ चौकासहित १३ रन बनाए ।

११ औं ओभरको पाँचौं बलमा आक्रामक सुरुवात गरेका गौसलाई सन्दीपले बोल्ड गर्दै नेपाललाई खेलमा उत्कृष्ट पूनरागमन गराए । ३३ बलमा गौसले ९ चौका प्रहार गरे । लगत्तै अर्को बलमा पृथु बाँस्कोटालाई सन्दीपले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काए ।

सन्दीपले नितिश कुमारलाई ९ रनमा एलबीडब्लू आउट गरे । सन्दीपले मार्टिन कैनलाई १२ रनमा बोल्ड गर्दै पाँच विकेट पूरा गरेका हुन् । सन्दीपले ८ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिएका छन् ।

त्यसअघि अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । नेपालका आरिफ शेखले ७४ बलमा ५ चौकासहित ६४ रनमा अविजित रहे ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.