default_image

2 years ago

June 3, 2022

सन्दीपको सानदार बलिङका बाबजुद नेपाल पराजित

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – आइपिएल च्याम्पियन खेलाडी विपुल शर्मा नायक बन्दा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको बाबजुद नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अल स्टार्सको जितमा आइपिएल […]

179 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – आइपिएल च्याम्पियन खेलाडी विपुल शर्मा नायक बन्दा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको बाबजुद नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।


अल स्टार्सको जितमा आइपिएल अनुभवी विपुल शर्माले ५१ बलमा ४ चौका र २ छक्कासहित महत्वपूर्ण ५० रनको योगदान दिए । विपुल २०१६ मा सनराइजर्स हैदराबादले आइपिएल जित्दाका खेलाडी हुन् । गौरभ बजाज ५८ बलमा २ चौकासहित ४० रनमा अविजित रहे ।

एक समय १९ ओभरमा ९६–५ को कमजोर अवस्थामा पुगेको अल स्टार्सलाई जिताउन छैटौं विकेटका लागि विपुल र गौरभले ८३ रनको निर्णायक साझेदारी गरेका थिए । विपुललाई किशोर महतोले ३३ औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलबाट क्याच गराउँदै साझेदारी तोडेपनि खेल हातबाट निस्कि सकेको थियो ।

नेपाली अल स्टार्सलाई ओपनर एन्ड्रिज गौस र उदय कौलले ८.४ ओभरमा ५५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । तर नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिँदै संकटमा पुर्याएका थिए । सन्दीपको नवौं ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा कौल देव खनालबाट १३ रनमा क्याच भए ।

११ औं ओभरको पाँचौं बलमा आक्रामक सुरुवात गरेका गौसलाई सन्दीपले ४५ रनमा बोल्ड गर्दै नेपाललाई खेलमा उत्कृष्ट पूनरागमन गराए । ३३ बल खेल्दै गौसले ९ चौका प्रहार गरेका थिए । लगत्तै अर्को बलमा पृथु बाँस्कोटालाई सन्दीपले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काए ।

सन्दीपले नितिश कुमारलाई ९ रनमा एलबीडब्लू आउट गरे । सन्दीपले मार्टिन कैनलाई १२ रनमा बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए । सन्दीपले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । किशोर महतोले १ विकेट लिए ।

त्यसअघि अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । नेपालका आरिफ शेखले ७४ बलमा ५ चौकासहित ६० रनमा अविजित रहे ।

खराब सुरुवात गरेपनि पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर एन्ड्रिज गौसबाट आउट भए । आसिफ तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण १ रनमा रिटायर्ट हुन पुगे ।

उपकप्तान रोहित पौडेल तीव्र गतिका बलर आदिल भाटीको आठौं ओभरको चौथो बलमा विकेटकिपरबाट क्याच हुँदा नेपाल ३१–२ को अवस्थामा पुगेको थियो । रोहितले २३ बलमा २ चौकासहित १६ रन बनाए । बेन्चमा रहेका सुनिल धमला आदिल भाटीको बलमा ४ रनमा एलबीडब्लू आउट भए । देव खनाल स्पिनर हम्रित सिंहको १९ औं ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा उदय कौलबाट समातिन पुगेपछि नेपाल झनै समस्यामा परेको थियो ।

देवले सुस्त ब्याटिङ गर्दै ५६ बलमा १ चौका सहित २० रन जोडे । विनोद स्पिनर मार्टिन कैनको ३२ औं ओभरको पाँचौं बलमा एक्स्ट्रा कभरमा ५१ बलमा ३ चौकासहित २६ रनमा पृथु बास्कोटाबाट क्याच आउट भए । सोमपाल कामी कैनको ३५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा २० बल खेल्दै २ रनमा क्याच आउट भए ।

कैनले आदिल अन्सारीलाई १६ रनमा विकेटकिपरबाट क्याच गराउँदा नेपाल ३८.३ ओभरमा १३५–७ को अवस्थामा पुगेको थियो । आदिलले ११ बलमा २ छक्का प्रहार गरे । त्यसपछि करण केसीले आक्रामक ब्याटिङ गरेका थिए । तर धेरै समय क्रिजमा बिताउन भने पाएनन् । करणले १७ बलमा २ छक्का र १ चौकासहित कुल २१ रन जोडे ।

करण मोहम्मद इलयासको ४२ औं ओभरको चौथो बलमा उपरकट सट खेल्नेक्रममा विकेटकिपरबाट क्याच आउट भए ।
नेपाली अल स्टार्सका स्पिनर मार्टिन कैनले ६ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद इलायसले ८ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । आदिल भाटीले ७ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । विपुल शर्मा र हरम्रित सिंहले १–१ विकेट लिए । वसन्त रेग्मीले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चे ।

नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानसँग खेल्नुअघि दुई अभ्यास खेल खेलेको हो । नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ । 

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.