default_image

2 years ago

June 3, 2022

कतारमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा कतारमाथि ७९ रनको सानदार जितका विजयी सुरुवात गरेको छ । जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा ३८ रनमा अल आउट भयो । कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले १४–१४ रन बनाए । अन्य कुनैपनि खेलाडीले दोहोरो […]

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा कतारमाथि ७९ रनको सानदार जितका विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा ३८ रनमा अल आउट भयो । कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले १४–१४ रन बनाए । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको कसिलो बलिङ सामु कतारका ७ खेलाडीले खाता नै खोल्न सकेनन् ।

नेपालकी सृष्टि जैशीले ४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । अनु कडायत २.४ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिका मरासिनीले २ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि युकेएम यसडी क्रिकेट ओभल बांगीमा पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालकी अश्मा पुलामी मगरले ३९ बलमा ३२ रनमा अविजित रहिन् । सृष्टि जैशीले १९ बलमा १ चौकासहित २३ रनमा अविजित रहिन् । सनु राजवंशीले ४४ बलमा २१ रन जोडिन् । किरण कुमारी कुँवर १ र अञ्जली विश्वकर्मा ११ रनमा आउट भइन् ।

नेपालले दोस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ । नेपाल र थाईल्यान्ड यस प्रतियोगिताका प्रमुख दाबेदार हुन् ।

नेपाली यू–१९ महिला टोली :

कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।

नेपालको खेल तालिका

जेठ २१ (जुन ४ ) – नेपालविरुद्ध युएई

जेठ २३ (जुन ६ ) – नेपालविरुद्ध भुटान

जेठ २४ (जुन ७ ) – नेपालविरुद्ध थाईल्यान्ड

जेठ २५ (जुन ९ ) – नेपालविरुद्ध मलेसिया

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.