4 years ago
June 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ । यो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना कठिन बनेको छ ।

जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १.१ ओभरमा पूरा गर्यो । युएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन् । अनु कडायतले पहिलो ओभरको पाँचौं बल नो फ्यालेकी थिइन् ।
त्यसअघि मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् । ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १–१ रनमा आउट भए । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन् ।
अञ्जली विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, एलिसा कुमारी यादव, रञ्जु श्रेष्ठ र कृतिका मरासिनी शून्यमा आउट भएका छन् । युएईकी महिका गौरले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ५ विकेट लिइन् । इन्धुजा नन्दका कुमारले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिएकी छिन् । सिमराले १ विकेट लिइन् ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू-१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ । नेपालले तेस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]