default_image

2 years ago

June 4, 2022

नेपालले टस हार्यो, रोहितले कप्तानी गर्दै

90 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । पे्रर क्रिकेट भ्यू कम्प्लेक्समा भएको टसमा हरिकेन्सले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

नेपालले आजको खेलमा कप्तान सन्दीप लामिछानेलाई विश्राम दिएको छ । उपकप्तान रोहित पौडेलले आजको खेलमा नेपालको कप्तानी गर्दैछन् । नेपालले आजको खेलमा सन्दीपसँगै आसिफ शेख, किशोर महतो र आदिल अन्सारीलाई विश्राम दिएको छ । दीपेन्द्रसिंह ऐरी भने टोलीमा फर्किएका छन् ।

नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो । नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपनि खेल जिताउन सकेका थिएनन् । नेपाल दोस्रो अभ्यास खेलमा सानदार जितका साथ उच्च मनोबलका साथ अमेरिका र ओमानसँग खेल्ने सोचमा हुनेछ ।

हरिकेन्ससँगको अभ्याससँगै नेपालको आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक ओडिआई सिरिजको तयारी सकिनेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।


नेपालको प्लेइङ ११ : देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला र सुशान भारी ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.