default_image

2 years ago

June 4, 2022

नेपालको कमजोर सुरुवात

244 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध ब्याटिङमा कमजोर सुरुवात गरेको छ । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ५५ रन बनाएको छ ।

नेपालका कप्तान रोहित पौडेल ४ र दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित छन् । दीपेन्द्रले ८ बलमा १ चौका र १ छक्का प्रहार गरेका छन् । नेपाली अल स्टार्ससँग रोयल डक आउट भएका ओपनर कुशल भर्तुेल हरिकेन्सविरुद्ध ८ बल खेल्दै १ रनमा क्याच भए । कुशल तीव्र गतिका बलर हसन राशिदको दोस्रो ओभरको चौथो बलमा रमिज राजा जेआरबाट क्याच भए ।

दोस्रो विकेटका लागि देव खनाल र सुनिल धमलाले ३४ रनको साझेदारी गरे । धमला मोहम्मद इलायसको नवौं ओभरको तेस्रो बलमा धमला एज लागेर विकेटकिपर उस्मान राफिकबाट क्याच भए । धमलाले १६ बलमा १ चौकासहित १३ रन जोडे ।

यसै ओभरको अन्तिम बलमा कभर डाइभ सट खेल्न खोजेका देव खनाल फस्ट स्लिपमा राजाबाट १९ रनमा क्याच भए । ३१ बल खेलेका देवले ४ चौका प्रहार गरे । आजको खेलमा रोहित पौडेलले कप्तानी गरेका छन् । सन्दीप लामिछानेलाई नेपालले विश्राम दिएको छ ।


नेपालको प्लेइङ ११ :

देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला र सुशान भारी ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.