default_image

4 years ago

June 5, 2022

वृत्यको शतकमा अमेरिकामाथि युएईको सहज जित

158 views

0 Bookmark

एजेन्सी – युवा विकेटकिपर वृत्य अरविन्दको शतकमा युएईले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली अमेरिकामाथि ८ विकेटको सहज जित हात पारेको छ ।

जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४०.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा वृत्य अरविन्दले १ सय ८ बलमा १३ चौकासहित १ सय २ रनमा अविजित रहे । वृत्यको ओडिआई करिअरको दोस्रो शतक हो ।
ओपनर चिराग सुरीले ७३ बलमा १० चौकासहित ६४ रनको योगदान दिए ।

मोहम्मद वासिम ६ रनमा आउट हुँदा सिपी रिजवान २६ रनमा अविजित रहे । अमेरिका अलि खान र स्टिभन टेलरले १–१ विकेट लिए ।

त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका ४६.३ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । अमेरिकाका आरोन जोन्सले १ सय १२ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन जोडे । मोनाक पटेल ५३ बलमा ४ चौकासहित ४३ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएईका जवार फरिदले ६.३ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अहमद राजाले २ विकेट लिए । अव नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज सुरु हुनेछ । नेपालले जेठ २६ मा पहिलो खेल ओमानसँग खेल्नेछ । विश्वकप लिग २ बाट शीर्ष तीन टोलीले आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्न पाउनेछन् ।

अंक तालिका

ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ ४० अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ खेलमा जित र ८ मा हार सहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २० खेलमा ९ मा जित र ११ मा हारका साथ १८ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हारका साथ पाँचौं स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ १२ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ खेलमा हारका साथ पुछारमा छ ।

वृत्यको जीवनी : चम्कँदै १९ वर्षीय वृत्य – जो नेपालको ३ विश्वकपमा तगारो बने

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.