default_image

4 years ago

June 5, 2022

वृत्यको शतकमा अमेरिकामाथि युएईको सहज जित

156 views

0 Bookmark

एजेन्सी – युवा विकेटकिपर वृत्य अरविन्दको शतकमा युएईले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली अमेरिकामाथि ८ विकेटको सहज जित हात पारेको छ ।

जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४०.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा वृत्य अरविन्दले १ सय ८ बलमा १३ चौकासहित १ सय २ रनमा अविजित रहे । वृत्यको ओडिआई करिअरको दोस्रो शतक हो ।
ओपनर चिराग सुरीले ७३ बलमा १० चौकासहित ६४ रनको योगदान दिए ।

मोहम्मद वासिम ६ रनमा आउट हुँदा सिपी रिजवान २६ रनमा अविजित रहे । अमेरिका अलि खान र स्टिभन टेलरले १–१ विकेट लिए ।

त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका ४६.३ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । अमेरिकाका आरोन जोन्सले १ सय १२ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन जोडे । मोनाक पटेल ५३ बलमा ४ चौकासहित ४३ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएईका जवार फरिदले ६.३ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अहमद राजाले २ विकेट लिए । अव नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज सुरु हुनेछ । नेपालले जेठ २६ मा पहिलो खेल ओमानसँग खेल्नेछ । विश्वकप लिग २ बाट शीर्ष तीन टोलीले आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्न पाउनेछन् ।

अंक तालिका

ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ ४० अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ खेलमा जित र ८ मा हार सहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २० खेलमा ९ मा जित र ११ मा हारका साथ १८ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हारका साथ पाँचौं स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ १२ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ खेलमा हारका साथ पुछारमा छ ।

वृत्यको जीवनी : चम्कँदै १९ वर्षीय वृत्य – जो नेपालको ३ विश्वकपमा तगारो बने

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.