default_image

4 years ago

June 7, 2022

हेजलवुडको घातक बलिङमा अष्ट्रेलियाको नाटकीय पुनरागमन

164 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोश हेजलवुडको घातक बलिङको सहयोगमा घरेलु टोली श्रीलंकाले पहिलो टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय २९ रनको सामान्य लक्ष्य दिएको छ ।

प्रेमदासा स्टेडियम बोलम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका १९.३ ओभरमा १ सय २८ रनमा अल आउट भयो । एक समय १००-१ को बलियो अवस्थामा रहेको श्रीलंकाले नाटकीय रुपमा विकेट गुमाउँदै सस्तैमा अल आउट भएको हो ।

श्रीलंका चरिथ असालंकाले ३४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । ओपनर पाथुम निसंका ३१ बलमा २ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । ओपनर धनुष्का गुणथिलका १५ बलमा ३ चौका र १ छक्कासहित २६ रनम क्याच आउट भए । गुणथिलका हेजलवुुडको पाँचौं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा डिप प्वाइन्टमा मिचेल मार्शबाट क्याच भए ।

दोस्रो विकेटका लागि पाथुम र चरिथले ६१ रनको साझेदारी गरेका थिए । एक समय श्रीलंका ११.४ ओभरमा १००–१ को बलियो अवस्थामा थियो । १२ औं ओभरको अन्तिम बलमा मिचेल स्टार्कले योर्करमा पाथुमलाई बोल्ड गर्दा १००–२ को अवस्थामा पुगेको थियो ।

१४ औं ओभरमा हेजलवुडले एक रन खर्चेर तीन विकेट लिएपछि श्रीलंका संकटमा परेको थियो । पहिलो बलमा कुशल मेन्डिस टप एज लागेर एश्टन अगरबाट एक रनमा क्याच भए । चौथो बलमा भानुका राजपक्ष कटबिहाइन्ड हुँदै गोल्डेक डक आउट भए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सबाट आक्रामक ब्याटरमा प्रभाव छाडेका राजपक्षे आउट भएपछि श्रीलंका पुरै दबाबमा परेको थियो ।

अन्तिम बलमा कप्तान दासुन शनका एलबीडब्लू आउट भएपछि श्रीलंका १०३–५ को कमजोर अवस्थामा पुगेको थियो । दुई रन जोड्न प्रमुख चार विकेट गुमाएपछि श्रीलंका सामान्य योगफलमै समेटिएको हो । वानिन्दु हसरंगाले १५ बलमा २ चौकासहित १७ रन बनाए । राम्रो सुरुवातको बाबजुद श्रीलंका ७ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

अष्ट्रेलिया जोश हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । केन रिचर्ड्सनको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.