default_image

2 years ago

June 9, 2022

बाबरको कीर्तिमानी शतकमा पाकिस्तानको सानदार जित

एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी शतक र खुशदील शाहको आक्रामक ब्याटिङको सहयोगमा घरेलु टोली पाकिस्तानले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजमाथि पाँच विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलमा पाकिस्तानले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै […]

125 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी शतक र खुशदील शाहको आक्रामक ब्याटिङको सहयोगमा घरेलु टोली पाकिस्तानले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजमाथि पाँच विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलमा पाकिस्तानले १–० को अग्रता लिएको छ ।


जितको लागि ३ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ७ बलमा ९ चौकासहित १ सय ३ रनको शतकीय इनिङ खेले । बाबरको यो ओडिआई करिअरको १७ औं शतक हो ।

योसँगै बाबरले कप्तानको रुपमा सर्वाधिक छिटो १ हजार रन पूरा गरेका छन् । बाबरले यो सफलता मात्र १३ इनिङमा पूरा गरेका हुन् । बाबरले भारतका पूर्व कप्तान विराट कोहलीको नाममा रहेको १७ औं इनिङको कीर्तिमान तोडेका हुन् । बाबर १७ औं शतक सर्वाधिक छिटो ८५ इनिङमा पूरा गरेका हुन् । यसअघि सर्वाधिक छिटो दक्षिण अफ्रिका हसिम अमलाको नाममा ९८ औं इनिङमा थियो । बाबरको ओडिआईमा लगातार तेस्रो शतक हो ।

खुशदील शाह २३ बलमा १ चौका र ४ छक्कासहित ४१ रनमा अविजित रहे । खुशदील खेलको प्लेयर अफ द म्याच बने । ओपनर फखर जमान ११ र इमाम उल हक ६५ रनमा आउट भए । हकले ७१ बलमा ६ चौका प्रहार गरे । बाबर र हकले दोस्रो विकेटका लागि १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । विकेटकिपर मोहम्मद रिजवानले ६१ बलमा २ चौका र १ छक्कासहित ५९ रन जोडे ।

तेस्रो विकेटका लागि बाबर र रिजवानले १ सय ८ रनको शतकीय साझेदारी गर्दै जितको आधार बनाएका थिए । वेस्टइन्डिजका अल्जारी जोशेफले सर्वाधिक दुई विकेट लिए । जयडेन शेल्स, रोमारियो शेफर्ड, अकिल हुसैनले १–१ विकेट लिए ।

त्यसअघि मुल्तान क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । वेस्टइन्डिजका शाई होपले १ सय ३४ बलमा १५ चौका र १ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेले ।

उच्च लयमा रहेका ओपनर होपको यो ओडिआई करिअरको १२ औं शतक हो । शम्राह ब्रुक्सले ८३ बलमा ७ चौकासहित ७० रन बनाए । दोस्रो विकेटका लागि होप र ब्रुक्सले १ सय ५४ रनको शतकीय साझेदारी गरेका थिए । कप्तान निकोलस पुरन २१, रोभम्यान पावेल २३ र रोमारियो शेफर्ड २५ रनमा आउट भए ।

पाकिस्तानका हरिस रौफले १० ओभरमा ७७ रन खर्चेर ४ विकेट लिए । शाहिन शाह अफ्रिदीले २, मोहम्मद नवाज र सादव खानले १–१ विकेट लिए । दोस्रो खेल शुक्रबार हुनेछ ।

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

Success

Thank you for your time.