2 years ago
April 28, 2024
पोखरा (हाम्रो खेलकुद) – हिमाल टमाटा र मञ्जुकमारी खड्का ओपन दुआथलन च्याम्पियन बनेका छन् । नेपाल ट्रायथलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन संघघको व्यवस्थापनमा पोखराको लेकसाइडमा आज ओपन तथा राष्ट्रिय दुआथलन च्याम्पियनसिप सम्पन्न भएको छ ।
एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिप अन्तर्गतको ‘ओपन दुआथलन’को पुरुष तथा महिला दुवैतर्फको उपाधि नेपाली खेलाडीले जितेका हुन् । हिमालले साढे सात किमी दौड र २० किमी साइक्लिङको निर्धारित दूरी हिमालले ५१ मिनेट २४ सेकेण्डमा पूरा गर्दै पुरषतर्फको उपाधि जिते ।
नेपालकै नवराज न्यौपानेले एक घण्टा ३ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै दोस्रो भए । लक्ष्मण मल्लले एक घण्टा ४ मिनेट ५८ सेकेण्डमा दूरी पार गरि तेस्रो भए ।पुरुषतर्फको खुला प्रतिस्पर्धामा नेपाल सहित भारत, बंगलादेश र जर्मनीका गरी ९ खेलाडीले प्रतिस्पर्धा गरेका ट्रायथलन संघले जनाएको छ ।

महिलातर्फ तीन खेलाडीमात्र सहभागी थिए । महिला ओपन दुआथलनमा च्याम्पियन बन्न सफल टोलीलाईनै राष्ट्रिय च्याम्पियन घोषणा गरिएको थियो ।
यसैगरी महिलातर्फको ‘ओपन’ तथा राष्ट्रिय च्याम्पियनसिपको उपाधि विजेता मन्जुले निर्धारित दूरी एक घण्टा १९ मिनेट ४५ सेकेण्डमा पूरा गरिन् । पुष्पा रोकायले एक घण्टा २३ मिनेट ३६ सेकेण्डमा दूरी पार गर्दै दोस्रो र प्रमिला धमलाले एक घण्टा २८ मिनेट ३४ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भइन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथ योजनामन्त्री हरिबहादुर चुमानले प्रतियोगिताको उद्घाटन गरेका थिए । विजेता खेलाडीहरुलाई नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, ट्रायथलन संघका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा,स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी(शिशिर), पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पुरस्कृत गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]