2 years ago
April 28, 2024
एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो ।
गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका लागि ज्याक्सले ४१ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै १०० रन पुर्याए ।
यस्तै विराट कोहलीले ४४ बलमा ६ चौका र ३ छक्का सहित ७० रन जोडे । कप्तान फ्याफ डु प्लेसिसले २५ रन बनाए ।
गुजरातका लागि एकमात्र विकेट साई किशोरले लिए ।
त्यसपछि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २०० रन बनायो । गुजरातका लागि साई सुदर्शनले ४९ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ८४ रन बनाए । शाहरुख खानले ३० बलमा ५८ रन बनाए भने डेभिड मिलरले २६ रन बनाए । शुभमन गीलले १६ रन जोडे ।
आरसिबिका लागि स्वप्निल सिंह, मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले १-१ विकेट लिए ।
जित पछि आरसिबि १० खेलमा ६ अंक सहित पुछारमा यथावत छ । गुजरात भने १० खेलमा ८ अंक सहित सातौं छ ।
आईपिएलमा आज हुने दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]