default_image

2 years ago

June 9, 2022

श्रीलंकामाथि अष्ट्रेलियाको संघर्षपूर्ण जित

एजेन्सी – अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भ्रमण टोली अष्ट्रेलियाले एक खेल अगावै २–० ले जितेको छ । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा […]

51 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भ्रमण टोली अष्ट्रेलियाले एक खेल अगावै २–० ले जितेको छ ।

जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले २६ बलमा २ चौकासहित २६ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । कप्तान आरोन फिन्च १३ बलमा ४ चौकासहित २४ रनमा आउट भए ।

डेविड वार्नर २१, मिचेल मार्श ११, स्टिभ स्मिथ ५, ग्लेन म्याक्सवेल १९, मार्कस स्टोइनिस ९ रनमा आउट भए । एक समय ९९–७ को अवस्थामा पुगेको अष्ट्रेलियालाई आठौं विकेटका लागि वेड र झेय रिचर्ड्सनले २७ रनको अविजित साझेदारी गर्दै जित दिलाएका थिए । झेय रिचर्ड्सन २० बलमा ९ रनमा अविजित रहे ।

श्रीलंका लेग स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । दुश्मन्था चामिरा र नुवान थुशराले १–१ विकेट लिए ।

त्यसअघि आर प्रमदासा कोलोम्बोमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । श्रीलंकाको चरिथ असलंकाले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए । कुशल मेन्डिस ३६ बलमा २ चौका र १ छक्कासहित ३६ रनमा आउट भए ।

कमजोर सुरुवात गरेपनि तेस्रो विकेटका लागि असलंका र मेन्डिसले ६६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलको सम्भावना देखाएका थिए । असलंका आउट हुँदा ११.५ ओभरमा ७३–३ को अवस्थामा रहेको श्रीलंकाले त्यसपछि लगातार विकेट गुमाएको थियो । भानुका राजपक्षे १३, दासुन शनका १४ र वानिन्दु हसरंगा १२ रनमा आउट भए ।

अष्ट्रेलिया केन रिचर्ड्सनले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । झेय रिचर्ड्सनले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । ग्लेन म्याक्सवेलले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

Success

Thank you for your time.