default_image

4 years ago

June 9, 2022

मलेसियालाई नेपालको मध्यम लक्ष्य

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियालाई ८७ रनको मध्यम लक्ष्य दिएको छ । युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८६ रन बनायो ।


नेपालको लागि ओपनर अञ्जली विश्वकर्माले ५४ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाइन् । आश्मा पुलामी मगर ३८ बलमा १ चौकासहित २६ रनमा आउट भइन् । किरण कुमारी कुँवर शून्य, सृष्टि जैशी, अनु कडायत र सनु राजवंशी ३–३ रनमा आउट भए ।

मलेसियाकी नुर डानिया अब्दुल सामदले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । एलिस हुन्तरले एक विकेट लिइन् ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो । जसक्रममा नेपाल युएईसँग ८ रनमा अल आउट भएको थियो । भुटानलाई ४ विकेटले पराजित गरेपनि थाईल्यान्डसँग ४९ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।

६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला विश्वकप खेल्न पाउनेछन् । आज थाईल्यान्ड र युएईबीच प्रतिस्पर्धा हुँदैछ । विजेता टोली विश्वकपमा पुग्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.