default_image

2 years ago

June 9, 2022

नेपालले आज ओमानसँग खेल्दै

अमेरिका (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ९ : १५ मा ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३२ खेलमा १९ मा जित […]

157 views

0 Bookmark

अमेरिका (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ९ : १५ मा ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३२ खेलमा १९ मा जित र १२ मा हारका साथ शीर्षस्थानमा छ । नेपाललाई शीर्ष तीन स्थानमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्न जित्नै पर्ने दबाब छ ।
ओमान अमेरिकासँग पहिलो खेलमा १ सय १४ रनले पराजित भएको थियो ।

नेपालका दुबै पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल चोटका कारण आजको खेल गुमाउने छन् । त्यसैले नेपालको ब्याटिङ केहि कमजोर बन्ने देखिन्छ । नेपालले आज ओपनरमा सुनिल धमला र सुवास खकुरेललाई मैदान उतार्ने छ । यी दुबै ब्याटरलाई आफ्नो स्ट्राइकरेटमा ध्यान दिँदै ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।

सन् २०१७ पछि नेपाली टोलीमा फर्किएक धमला ओडिआई डेब्यूको पर्खाईमा हुनेछन् । तेस्रो नम्बरमा देव खनाल, चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी र पाँचौं नम्बरमा रोहित पौडेल हुनेछन् । अभ्यास खेलम ह्युस्टन हरिकेन्सविरुद्ध शतकीय इनिङ खेलेका रोहित उच्च लयमा छन् ।

उच्च लयमा रहेका दीपेन्द्र र रोहितको उत्कृष्ट प्रदर्शन विना नेपाललाई जितको लागि कठिन पर्ने देखिन्छ । दीपेन्द्र र रोहित ब्याटिङका खम्बा हुन् । नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको प्रदर्शन अझ महत्वपूर्ण हुनेछ । स्पिनर तथा कप्तान सन्दीप लामिछाने प्रमुख हतियार हुन् । करण विष्फोटक ब्याटिङको क्षमता राख्ने गर्दछन् ।

यता ओमानको शीर्षक्रम ब्याटिङमा बढी निर्भर छ । ओपनर जतिन्दर सिंहको विकेट धेरै महत्वपूर्ण हुनेछ । ओमानलाई अमेरिकाले ३ सय २३ रन प्रहार गरेको थियो । बलिङ आक्रामण बिलाल खानमा बढी निर्भर छ । जतिन्दर सिंह, कश्याप प्रजापति, शोएब खान र अयान खान उसका प्रमुख ब्याटर हुन् ।

कप्तान जिशान मकसुद पनि राम्रो ब्याटिङको क्षमता राख्दै आएका छन् । विलाल खानको बल ओपनरले सामना गर्दै विकेट बचाउन सके नेपालले विशाल योगफल बनाउन सक्छ । स्पिनर खबर अली भने लगातार घातक बन्दै आएका छन् । नेपाल र ओमानबीच ओडिआईमा चार खेल भएको छ । जसमा ओमान तीन र नेपाल एक खेलमा विजयी भएका छन् ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

Success

Thank you for your time.