default_image

2 years ago

June 9, 2022

नेपालले अन्तिम खेलमा मलेसियालाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यो सँगै नेपाल तेस्रो स्थानमा रहँदै यू१९ महिला टि२० विश्वकप छनोटबाट बाहिरिएको छ । जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनायो । मलेसियाकी शीर्षक्रमकी […]

49 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यो सँगै नेपाल तेस्रो स्थानमा रहँदै यू१९ महिला टि२० विश्वकप छनोटबाट बाहिरिएको छ ।


जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनायो । मलेसियाकी शीर्षक्रमकी ब्याटर तथा कप्तान एल्सा हन्टरले ३२ बलमा ३ चौका सहित सर्वाधिक २८ रन बनाइन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालकी कप्तान कृतिका मरासिनीले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिइन् । मनिषा कुमारी उपाध्यले १ विकेट लिइन् । त्यसअघि युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८६ रन बनायो ।

नेपालको लागि ओपनर अञ्जली विश्वकर्माले ५४ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाइन् । आश्मा पुलामी मगर ३८ बलमा १ चौकासहित २६ रनमा आउट भइन् । किरण कुमारी कुँवर शून्य, सृष्टि जैशी, अनु कडायत र सनु राजवंशी ३–३ रनमा आउट भए ।

मलेसियाकी नुर डानिया अब्दुल सामदले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । एलिस हुन्तरले एक विकेट लिइन् ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो । जसक्रममा नेपाल युएईसँग ८ रनमा अल आउट भएको थियो । भुटानलाई ४ विकेटले पराजित गरेपनि थाईल्यान्डसँग ४९ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।

६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला विश्वकप खेल्न पाउनेछन् । आज थाईल्यान्ड र युएईबीच प्रतिस्पर्धा हुँदैछ । विजेता टोली विश्वकपमा पुग्नेछ ।

अंक तालिका

युएई ४ खेलमा ८ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । थाईल्यान्ड ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले ५ खेलमा ३ मा जित र २ मा हारका साथ ६ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

मलेसिया ५ खेलमा २ मा जित र ३ मा हारका साथ चौथो स्थानमा छ । कतार र भुटान समान चार खेलमा अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

Success

Thank you for your time.