default_image

4 years ago

June 9, 2022

नेपाललाई ८ रनमा अल आउट गर्ने युएई विश्वकपमा छनोट

219 views

0 Bookmark

एजेन्सी – नेपाललाई ८ रनमा अल आउट गरेको युएई आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ महिला टि२० विश्वकपको लागि छनोट भएको छ । मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईले अन्तिम खेलमा थाईल्यान्डलाई ६ विकेटले हराउँदै अपराजित रहँदै विश्वकपमा पुगेको हो ।


जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले १७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । युएईकी कप्तान थ्रीर्थ सतिश ३८ बलमा ४ चौकासहित ३८ रनमा अविजित रहिन् ।

त्यसअघि किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । थाईल्यान्डकी फनिता मायाले ३९ बलमा ६ चौका सहित सर्वाधिक ४० रन बनाइन् ।

६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष पहिलो पटक हुने यू–१९ महिला विश्वकप खेल्न पाउने प्रावधान थियो । युएई ५ खेलमा शतप्रतिशत जितका साथ शीर्षस्थानमा रहँदै विश्वकपमा पुग्यो ।

युएईले भुटानलाई १ सय ६० रन, नेपाललाई १० विकेट, मलेसियालाई ९ विकेट र कतारलाई १० विकेटले हराएको थियो । नेपाललाई १० विकेटले हराउने क्रममा युएईले मात्र ८ रनमा अल आउट गरेको थियो ।

नेपाल भने ५ खेलमा ३ मा जित र २ मा हारका साथ बाहिरियो । नेपाल थाईल्यान्डसँग ४९ रनले पराजित हुँदा कतारलाई ७९ रन, भुटानलाई ४ विकेट र मलेसियालाई २५ रनले हराएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.