default_image

2 years ago

June 10, 2022

नेपालको ब्याटिङमा कमजोर प्रदर्शन

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउने क्रममा कमजोर प्रदर्शन गरेको छ । जितको लागि २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ४ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी १३ र आरिफ शेख ९ रनमा […]

52 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउने क्रममा कमजोर प्रदर्शन गरेको छ ।


जितको लागि २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ४ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी १३ र आरिफ शेख ९ रनमा अविजित छन् ।

तीव्र गतिका बलर बिलाल खानले तेस्रो ओभरको दोस्रो बलमा ओपनर सुवास खकुरेललाई ३ रनमा बोल्ड आउट गरे । ३८ बल खेल्दै अर्का ओपनर सुनिल धमला जिशान मकसुदको बलमा १२ रनमा बोल्ड भए ।

उपकप्तान तथा प्रमुख ब्याटर रोहित पौडेल जिशान मकसुदको १९ औं ओभरको पहिलो बलमा खवर अलीबाट २० रनमा क्याच हुन पुगेपछि नेपाल ७१–३ को अवस्थामा पुगेको थियो । रोहितले १७ बलमा ३ चौका प्रहार गरे । युवा ब्याटर देव खनाललाई खवर अलीले ३४ रनमा बोल्ड आउट गरे । देवले ५३ बलमा ५ चौका प्रहार गरे ।


त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुद १ सय २६ बलमा १२ चौकासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले ।

नेपालका करण केसीले पाँच विकेट लिए । उनी ओडिआईमा पाँच विकेट लिने सोमपाल कामी र सन्दीप लामिछानेपछि तेस्रो खेलाडी हुन् । करण नेपालबाट ओडिआई र टि२० आई दुबैमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् । नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.