default_image

2 years ago

June 10, 2022

नेपालले ओमानसँग हार्नुको प्रमुख पाँच कारण

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग १३ रनले पराजित भयो । बलिङमा सानदार प्रदर्शन गर्दै मध्यम योगफल मै रोकेपनि पराम्परा ब्याटिङ समस्या दोहोरिदा नेपाल पुन स्तब्ध पर्यो । शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट सोझै खेल्ने अवसर रहेको नेपाललाई यो हारले धक्का पुर्याएको छ । […]

69 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग १३ रनले पराजित भयो । बलिङमा सानदार प्रदर्शन गर्दै मध्यम योगफल मै रोकेपनि पराम्परा ब्याटिङ समस्या दोहोरिदा नेपाल पुन स्तब्ध पर्यो । शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट सोझै खेल्ने अवसर रहेको नेपाललाई यो हारले धक्का पुर्याएको छ ।

जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । नेपालका तल्लोक्रमका आरिफ शेखले ७९ बलमा ६ चौका ६६ सर्वाधिक रनको योगदान दिए । ओमानका कप्तान जिशान मकसुदले शतकसँगै बलिङमा १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुद १ सय २६ बलमा १२ चौकासहित १ सय ४ रनको शतकीय इनिङ खेल्दै प्रतिस्पर्धात्मक योगफल निर्माण गरेका थिए ।

मकसुद बाहेक अन्यको प्रदर्शन भने राम्रो थिएन । तीव्र गतिका बलर करण केसीले पुरै दबाब राखेका थिए । नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । बलिङमा सानदार प्रदर्शन गरेपनि नेपालले ओमानसँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५. डेथ ओभरमा कमजोर फिल्डिङ

क्रिकेट खेलमा जित्नको लागि ब्याटिङ र बलिङ मात्र होईन फिल्डिङ त्यतिनै राम्रो हुनुपर्छ । तर नेपालको डेथ ओभरमा फिल्डिङ कमजोर रह्यो । त्यसको भरपूर्ण फाइदा ओमानले उठायो । ओमानले अन्तिम १० ओभरमा तीन विकेट गुमाउँदै ६९ रन जोडेको थियो । जुन ओमानको जितको मुख्य आधार थियो ।

कमजोर फिल्डिङको कारण ओमानले बाउन्ड्रीको फाइदा उठाएको थियो । नेपाली फिल्डरले लगातार कमजोर फिल्डिङ गरेका थिए । अर्कोतर्फ नेपालको डेथ ओभरमा बलिङ कमजोर रह्यो । डेथ ओभर अघि पाँच ओभरमा ६ रन खर्चेका सन्दीपले पछि पाँच ओभरमा ३८ रन खर्चे । डेथ ओभर स्पेलिष्ट बलर नहुनु नेपालको एक कमजोरी हो । नेपालले ओमानविरुद्ध डेथ ओभरमा फिल्डिङ र बलिङ दुबै कमजोर गर्यो । जुन हारको एक कारण थियो ।

४. साझेदारीको अभाव र बाउन्ड्रीमा जोखिमको कमी

क्रिकेटको कुनैपनि फम्र्याटमा लक्ष्य पछ्याउदा राम्रो साझेदारी आवश्यक पर्दछ । एक राम्रो साझेदारीले नै जितको आधार तय गर्ने गर्दछ । राम्रो साझेदारी गर्दा विपक्षी बलर दबाबमा विकेट लिने धुनमा थप खराब बलिङ गर्न सक्छ ।

त्यसको फाइदा ब्याटरले लिनुपर्छ । साझेदारीले त्यसपछि आउने ब्याटरलाई खुलेर खेल्ने वातावरण बन्ने गर्दछ । नेपालले पछ्याएको योगफल ओडिआईमा सामान्य हो । हुन त विहीबार त्यहिँ लक्ष्य भारतविरुद्ध दक्षिण अफ्रिकाले टि२० आईमा पूरा गर्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो । डेविड मिलर र रास्सी भान डर डुसेनको १ सय ३१ रनको अविजित साझेदारी नै दक्षिण अफ्रिका जितको कारण थियो ।

तर नेपालले त्यहिँ लक्ष्य ओडिआईमा पूरा गर्न सकेन । नेपालको तर्फबाट यस खेलमा सर्वाधिक ठूलो साझेदारी विनोद र आरिफले छैटौं विकेटका लागि ३७ रनको गरेका थिए । नेपालले लगातार खेलमा विकेट गुमाई रह्यो । कुनैपनि ब्याटरको जोडीले क्रिजमा जमेर विजयी साझेदारी गर्न सकेनन् ।


अर्कोतर्फ नेपाली ब्याटरले बाउन्ड्रीको जोखिम लिएका थिएनन् । एक बाउन्ड्रीले दबाब हट्उनुको साथै आत्माविश्वास बढ्ने हुँदा ब्याटरले ठूलो इनिङ खेल्न सक्छ । आरिफले ६ चौका र देव खनालले ४ चौका प्रहार गर्न बाहेक अन्य ब्याटरले बाउन्ड्री प्रहार गर्न सकेनन् । छक्का शून्य हुँदा कुल १७ चौका प्रहार गर्यो ।

उता ओमानले २२ चौका र १ छक्का प्रहार गरेको थियो । अर्कोतर्फ छैटौं विकेटका लागि खवर अली र मकसुदले ६० रनको साझेदारी गरेका थिए । जसको कारण अन्तिम १० ओभरमा ओमानले आक्रामक ब्याटिङ गर्न सफल भएको थियो ।


३. प्रमुख ब्याटरकै कमजोर प्रदर्शन

रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी नेपालका वर्तमान समयका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शनमा नेपालको नतिजा धेरै निर्भर हुन्छ । तर दुबै ब्याटर चल्न सकेनन् । रोहित २० र दीपेन्द्र १६ रनमा आउट भए । मध्यक्रममा यी दुई ब्याटर सस्तैमा आउट हुँदा नेपाल दबाबमा परेको थियो ।

यी दुई मध्य एक ब्याटर चलेको भएपनि नेपालले सहज जित हात पार्न सक्थ्यो । त्यस्तै अनुभवी ओपनर सुवास खकुरेल र विनोद भण्डारीको कमजोर प्रदर्शन पनि हारको कारण हो । किनभने लक्ष्य पछ्याउँदा यी चार मध्य एक ब्याटरले ठूलो इनिङ खेल्न सक्नुपर्दथ्यो । यस्तो दबाबको खेलमा अनुवभी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुन्छ । तर अनुवभी ब्याटरकै प्रदर्शन सम्झन लायक रहेन

अत्याधिक डट बल

हुन त यो टेस्ट खेल होईन, तर नेपाली ब्याटरको खेल्ने शैली टेस्ट भन्दा कम थिएन । लगातार डट बल खेलेका थिए । एक ब्याटरले जति डट बल खेल्छ त्यतिनै आफूलाई बढी दबाब राख्छ । दबाब मात्र होईन विस्तारै नेटरनरेट बढ्दै जान्छ । लगातार डट बलको दबाबमा नेपाली ब्याटर सम्हाल्नि नसक्दा विकेट गुमाएका थिए । रोहितलाई छाड्ने हो भने अन्य ७ ब्याटरको स्ट्राइकरेट एकसय भन्दा तल छ ।

ओडिआईमा रन अ बल हुनुपर्छ । बाउन्ड्री प्रहार गर्न नसकेपनि डबल सिंगल रनले नै खेल सहज जित्न सकिन्थ्यो । स्कोर बोर्डमा मध्यम लक्ष्य हुँदा बाउन्ड्रीको जोखिम लिनैपर्छ भन्ने थिएन । तर नेपाली ब्याटरले अत्याधिक डट बल खेले । ओपनर सुनिल धमला ३८ बल खेल्दै १२ रन बनाए । देव खनालले ५३ बलमा ३४ रन जोडे ।

दीपेन्द्रले ३० बलमा १६ रन र विनोद भण्डारीले ४६ बलमा १४ रन बनाए । यहिँ डट बलको कारण अन्तिम पाँच ओभरमा नेपालको रिकवार्ड रन बढेर १० माथि गएको थियो ।

नेपालले खेलेको २ सय ९८ मध्य १ सय ६२ बल डट खेलेको थियो । जसमा नेपालले डट बलमा कमी गरेको भए यो खेल ३५(४० ओभर भित्र्नै जित्न सक्थ्यो । अत्याधिक डट बलनै हारको एक प्रमुख कारण हो ।


१. खराब ब्याटिङ

ओडिआईमा २ सय १२ रनको लक्ष्य पूरा हुन सक्दैन भने त्यसको मुख्य कारण नै खराब ब्याटिङ हो । आरिफ शेखलाई छाड्ने हो भने अन्य सबै ब्याटरले खराब ब्याटिङ गरे । लक्ष्य जति सुकै सानो वा ठूलो होस् । त्यसलाई पूरा गर्न मैदानमा ब्याटरले रन हान्नै पर्छ ।

तर नेपालका ब्याटरले निकै खराब ब्याटिङ गरे । लगातार डट बल खेल्दै आफ्नो विकेट दिएका थिए । नेपालले राम्रोसँग ब्याटिङ गर्न सकेको भए यो लक्ष्य सहजै पूरा गर्न सक्थ्यो । सधैं टियुको ब्याटिङको सहयोगी पिचमा मात्र रन बनाउनु पर्छ भन्ने छैन । हुन त खेल भएको मुसा स्टेडियमको पिच सिमेन्टलाई झल्को दिने सपाट ब्याटिङ सहयोगी थियो । सोहि मैदानमा अघिल्लो दिन अमेरिकाले ओमानविरुद्ध ३ सय २३ रन बनाएको थियो ।

यो खेलमा पिचलाई र बलरलाई दोष दिन मिल्दैन । नेपाल र ओमानका दुबै ब्याटरले आफैं खराब ब्याटिङ गरेका थिए । विशेष गरि नेपाली ब्याटरले परिस्थीति र समय अनुसार खेल्न सकेनन् । नेपालले लक्ष्य पाएको हुँदा त्यहिँ अनुसार खेल्नुपर्ने हो । तर त्यसो हुन सकेन ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.