4 years ago
June 12, 2022
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – उपकप्तान रोहित पौडेल, ओपनर आसिफ शेख र देव खनालको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकालाई २ सय ७५ रनको बलियो लक्ष्य दिएको छ ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अल आउट भयो । नेपालका रोहित पौडेलले ७२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले । रोहितसँगै आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकी इनिङ खेले । रोहितको ओडिआई करिअरको पाँचौं, देव र आसिफको समान दोस्रो अर्धशतक हो ।
विकेटकिपर तथा ओपनर आसिफ शेख ७० बलमा ६ चौकासहित ६१ रनमा क्याच आउट भए । आसिफले ५८ बलमा पूरा गरेका थिए । पूर्ण रुपमा फिट नभएपनि आसिफले खुट्टाको चोटबाट मैदान फर्किर्दै महत्वपूर्ण अर्धशतकका साथ नेपाललाई राम्रो सुरुवात दिलाए ।

चोटबाट फर्किएका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले ११.५ ओभरमा ५६ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । ग्रोइन चोटबाट फर्किएका ओपनर कुशल भुर्तेल ३६ बल खेल्दै १९ रनमा बोल्ड भए । निसर्ग पटेलको बलमा कुशल स्वीप सट खेल्ने धुनमा मिस हुँदा बोल्ड हुन पुगेका थिए । दोस्रो विकेटका लागि देव खनाल र आसिफले ६२ रनको साझेदारी गरेका थिए ।
देव खनाल ६९ बलमा ३ चौकासहित ५४ रनमा क्याच भए । देवको ओडिआई करिअरको दोस्रो अर्धशतक हो । देवले ६४ बलमा अर्धशतक प्रहार गरे । तेस्रो विकेटका लागि देव र रोहितले ६० रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि रोहित र आदिल अन्सारीले ६५ रनको आक्रामक साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका थिए ।

आदिल २४ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा आउट भए । आरिफ शेख ८ र दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । सन्दीप लामिछाने १० रनमा आउट भए ।
एक समय ४३ ओभरमा २३५-३ को बलियो अवस्थामा रहँदै ३ सय रनको योगफलको सम्भावना देखाएपनि ३९ रन जोड्न ७ विकेट गुमाएपछि विशाल योगफलबाट चुकेको थियो ।

अमेरिकाका रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए । सौरभ नेत्रवालकारले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अली खानले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । निसर्ग पटेल र यासिर मोहम्मदको नाममा १-१ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]