default_image

2 years ago

June 12, 2022

ओली र रुटको सानदार शतकमा इंग्ल्यान्डको विशाल योगफल

एजेन्सी – पूर्व कप्तान जो रुट र युवा ब्याटर पोपको सानदार शतकमा इंग्ल्यान्डले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध विशाल योगफल बनाएको छ । तेस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड ४७३–५ को अवस्थामा छ । इंग्ल्यान्ड समग्रमा अझै ८० रनले पछि छ । इंग्ल्यान्डका जो रुट २ सय बलमा २५ चौकासहित १ सय ६३ रनमा अविजित छन् । रुटको […]

65 views

0 Bookmark

एजेन्सी – पूर्व कप्तान जो रुट र युवा ब्याटर पोपको सानदार शतकमा इंग्ल्यान्डले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध विशाल योगफल बनाएको छ । तेस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड ४७३–५ को अवस्थामा छ । इंग्ल्यान्ड समग्रमा अझै ८० रनले पछि छ ।

इंग्ल्यान्डका जो रुट २ सय बलमा २५ चौकासहित १ सय ६३ रनमा अविजित छन् । रुटको यो लगातार दोस्रो र टेस्ट करिअरको २७ औं शतक हो । विकेटकिपर बेन फोक्स २४ रनमा अविजित छन् । युवा ब्याटर ओली पोप २ सय ३९ बलमा १३ चौका र ३ छक्कासहित १ सय ४५ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।

ओली पोपको यो टेस्ट करिअरको दोस्रो शतक हो । रुट र पोपले तेस्रो विकेटका लागि १ सय ८७ रनको साझेदारी गरेका थिए । त्यसअघि पोपले दोस्रो विकेटका लागि एलेक्स लेससँग १ सय ४१ रनको साझेदारी गरेका थिए । लेस १ सय २५ बलमा ११ चौकासहित ६७ रनमा आउट भए ।

कप्तान बेन स्टोक्स ३३ बलमा ६ चौका र २ छक्कासहित ४६ रनमा आउट भए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन, म्याट हेनरी र माइकल ब्रेसवेलले १-१ विकेट लिएका छन् ।

त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ५ सय ५३ रनमा अल आउट भएको थियो । न्युजिल्यानडका डर्याल मिचेलले ३ सय १८ बलमा २३ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ९० रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको तेस्रो, जारी सिरिजमा लगातार दोस्रो र अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो ।

त्यस्तै विकेटकिपर टम ब्लन्डेल १ सय ९८ बलमा १४ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेले । पाँचौं विकेटका लागि मिचेल र ब्लन्डेल ४ सय ८ बलमा २ सय ३६ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । नियमित कप्तान केन विलियम्सन भने कोरोनाको कारण दोस्रो खेलमा छैनन् ।

कप्तान टम लाथम २६, विल योंग ४७, डेभन कन्वे ४६, हेनरी निकोलस ३० र माइकल ब्रेसवेल ४९ रनमा आउट भए । इंग्ल्यान्डका जेम्स एन्डरसनले सर्वाधिक तीन विकेट लिए । स्टुअर्ट ब्रोड, बेन स्टोक्स र ज्याक लेचले २–२ विकेट लिए ।

पहिलो टेस्ट खेलमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टेस्ट २३ जुन देखि लिड्समा सुरुहुनेछ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.