default_image

4 years ago

June 13, 2022

‘यस पटक खाली हात फर्किदैनौं’ – कप्तान रुविना

269 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले शुक्रबारदेखि मलेसियामा सुरु हुने एसिसी महिला टि२० च्याम्पियनसिपमा नेपाल एसिया कपको लागि छनोट हुँदै ट्रफीका साथ फर्किने बताएकी छिन् । टियुमा अभ्यासको क्रममा रुविनाले हालसम्म ट्रफी ल्याउन नसकेको हुँदा यस पटक भने खाली हात नफर्किने बताएकी छिन् ।

‘यो प्रतियोगिता टोली र मेरो दुबैको लागि एकदमै महत्वपूर्ण छ । समग्रमा हामीले खेलेको सबै प्रतियोगिता महत्वपूर्ण नै हुन्छ । आफूले कसरी प्रस्तुत गर्ने भन्ने हुन्छ । हरेक प्रतियोगिताबाट हामीले सिकी रहेका छौं’, कप्तान रुविनाले भनिन् ।

‘अहिलेको प्रतियोगितामा शीर्ष दुई टोलीलाई मौका दिएको छ । त्यो भएर आफूले आफूलाई पर्याप्त स्रोतलाई प्रयोग गरेर यसलाई उत्कृष्ट बनाउन सकिन्छ भनेर काम गरेका छौं’, उनले भनिन् ।

नेपालले एक महिना अघि युगान्डासँग पाँच महिला टि२० आई सिरिज खेलेको थियो । तर नेपालको फिल्डिङ र ब्याटिङ भने धेरै कमजोर देखिएको थियो । कप्तान रुविना छनोट खेल्नुअघि उक्त सिरिज धेरै महत्वपूर्ण बनेको बताउँछिन् ।

‘त्यो पाँच वटा खेल हाम्रो लागि धेरै महत्वपूर्ण भयो । हामीलाई थाहा भयो हामी कहाँ छौं र कुन क्षेत्रमा काम गर्नुपर्छ । हामीले टे«नरको सहयोगमा १० दिनसम्म फिल्डिङमा नै काम गर्यौ । अहिलेको अवस्थामा पनि फिटनेशमा काम गरेका छौं । फिटनेश सुधार हुनेमा आशा छ’, उनले भनिन् ।

नेपालले ब्याटिङ सहयोगी पिच टियुमा रन बनाउन संघर्ष गरेको थियो । तर मलेसियाको पिच भने रन बनाउन सहज छैन । रुविना पिचबारे अध्यन गरि रहेको बताउँछिन् । ‘मलेसियाको विकेट एकदमै फरक छ । हामीले त्यसबारे अध्यन गरेका छौं । यू१९ विश्वकप एसिया क्षेत्र छनोट खेलेर आएका खेलाडी र प्रशिक्षकसँग पनि कुरा गरि रहेका छौं । हामी त्यहिँ अनुसार मानसिक रुपमा तयार गरेका छौं’, उनले भनिन् ।


‘महिला क्रिकेटमा अहिले सम्म ट्रफी ल्याउन सकिएको छैन । त्यो हामीलाई दुःख छ । त्यो दुःख हामीलाई भन्दा धेरै दुःख अरु कसलाई होला । भन्नेले त भन्छ । तर हामीलाई घाउ छ । यो पटक सबै जनाले म जिम्मेवारी लिएर खेल्छु भन्ने देखिएको छ’, चुनौती बारे भनिन्, त्यसैमा थपिन्, ‘मेरो प्रदर्शन अझै माथि गर्नुपर्ने छ । टिमलाई यो पटक खाली हात फिर्ता नगर्नुपर्ने छ ।’

‘पक्कैपनि हामीले केहि नतिजा दिन नसकेर प्रायोजन आउन नसकेको हुनसक्छ । त्यसमा हामीलाई पनि ट्रफी दिन सकेका छैनौं भने अनुभव भने छ । जब सम्म हामीले नतिजा प्राप्त गर्न सक्दैनौं तवसम्म हामीले उपल्लो स्तरमा नसोचेपनि हुँदो रहेछ’, रुविनाले भनिन् ।

‘यस पटक हामीलाई समूह चरणमा शीर्ष स्थानमा हुनुपर्ने आवश्यक छ । अहिले हामी धेरै गम्भीर र ध्यान केन्द्रित छौं । पक्कैपनि हारेर फर्किन कसैलाई मन हुँदैन । छनोट भएर ट्रफी लिएर आउछु’, रुविनाले भनिन् ।

एसिसी वुमन्स टि२० च्याम्पियनसिप आगमी शुक्रबार देखि मलेसियामा सुरु हुँदैछ । नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन समूह बी मा छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । नेपालको अन्तिम टोली भने घोषणा हुन बाँकी छ ।

नेपालको खेल तालिका

असार ३ ( जुन १७ ) – नेपालविरुद्ध भुटान

असार ४ (जुन १८ ) – नेपालविरुद्ध कुवेत

असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन

असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ

असार १० (जुन २४ ) – सेमिफाइनल

असार ११ जुन २५ ) – फाइनल

बन्द प्रशिक्षणमा नेपालको टोली :

रुविना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अश्मिना कर्माचार्य, मनिषा उपाध्य, विन्दु रावल, ममता चौधरी, रेखा रावल र ईश्वरी विष्ट ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.