default_image

4 years ago

June 14, 2022

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

207 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद)– आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । मुसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ ।

स्पिनर सुशान भारीको स्थानमा सागर ढकाललाई मौका दिएको छ । ओमान आइसिसी विश्वकप लिग–२ मा आफ्नो सम्पूर्ण ३६ खेल पुरा गर्ने पहिलो टोली बन्नेछ । ओमान आफ्नो अन्तिम खेल जितका साथ अन्त्य गर्न चाहन्छ । अमेरिका भ्रमणमा नेपाल पहिलो जित निकाल्ने सोचमा छ । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित हुँदा अमेरिकासँगको खेल टाई भएको थियो ।

ओमान पहिलो खेलमा अमेरिकासँग १ सय १४ रनले पराजित हुँदा दोस्रो खेलमा अमेरिकालाई १३ रनले हराएको थियो । नेपाली ब्याटरलाई आजको खेलमा सुरुवातपछि ठूलो इनिङको आवश्यक देखिन्छ । उत्कृष्ट अन्त्य र उत्कृष्ट बलिङ गर्न आवश्यक छ । देव खनाल, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलको प्रदर्शन नेपाललाई महत्वपूर्ण हुनेछ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सागर ढकाल र सन्दीप लामिछाने (कप्तान) ।

हेड टु हेड :

नेपाल र ओमानबीच पाँच ओडिआई खेल भएको छ । ओमान चार र नेपाल एक खेलमा विजयी भएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.