default_image

4 years ago

June 14, 2022

बेयरस्टोको विष्फोटक शतकमा इंग्ल्यान्डको सानदार जित

157 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर जोनी बेयरस्टोको विष्फोटक शतकमा इंग्ल्यान्डले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन टेस्ट खेलको सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ ।


जितको लागि २ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा जोनी बेयरस्टोले ९२ बलमा १४ चौका र ७ छक्कासहित १ सय ३६ रनको विष्फोटक इनिङ खेले । बेयरस्टोले ७७ बलमा आफ्नो टेस्ट करिअरको नवौ शतक पूरा गरेका थिए । जुन लक्ष्य इंग्ल्यान्डले ७२ ओभरमा पूरा गुर्न पर्ने थियो । तर २२ ओभर अगाडिनै पूरा गर्दै सनसनी मच्चाएको छ ।

कप्तान बेन स्टोक्स ७० बलमा १० चौका र ४ छक्कासहित ७५ रनमा अविजित रहे । ९३–४ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई पाँचौं विकेटका लागि जोनी बेयरस्टो र बेन स्टोक्सले १ सय २१ बलमा १ सय ७६ रनको विष्फोटक शतकीय साझेदारी गर्दै जित दिलाएका हुन् । ओपनर एलेक्स लेस ४४, ओली पोप १८ रनमा आउट हुँदा बेन फोक्स १२ रनमा अविजित रहे । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट लिए ।


न्युजिल्यान्ड दोस्रो इनिङमा २ सय ८४ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका डर्याल मिचेल १ सय ३१ बलमा ४ चौका र १ छक्कासहित ६२ रनमा अविजित रहे । विल योंग ५६ र डेभन कन्वे ५२ रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड तीन, जेम्स एन्डरसन र म्याथ्यु पट्सले दुई दुई विकेट लिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा ५ सय ३९ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जो रुट २ सय ११ बलमा २६ चौका र १ छक्कासहित १ सय ७६ रनको शतकीय इनिङ खेले । रुटको यो लगातार दोस्रो र टेस्ट करिअरको २७ औं शतक हो । विकेटकिपर बेन फोक्स ५६ रनमा रन आउट भए । युवा ब्याटर ओली पोप २ सय ३९ बलमा १३ चौका र ३ छक्कासहित १ सय ४५ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।

ओली पोपको यो टेस्ट करिअरको दोस्रो शतक हो । रुट र पोपले तेस्रो विकेटका लागि १ सय ८७ रनको साझेदारी गरेका थिए । त्यसअघि पोपले दोस्रो विकेटका लागि एलेक्स लेससँग १ सय ४१ रनको साझेदारी गरेका थिए । लेस १ सय २५ बलमा ११ चौकासहित ६७ रनमा आउट भए ।

कप्तान बेन स्टोक्स ३३ बलमा ६ चौका र २ छक्कासहित ४६ रनमा आउट भए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक पाँच विकेट लिए । म्याट हेनरीले तीन विकेट लिए ।

त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ५ सय ५३ रनमा अल आउट भएको थियो । न्युजिल्यानडका डर्याल मिचेलले ३ सय १८ बलमा २३ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ९० रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको तेस्रो, जारी सिरिजमा लगातार दोस्रो र अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो ।

त्यस्तै विकेटकिपर टम ब्लन्डेल १ सय ९८ बलमा १४ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेले । पाँचौं विकेटका लागि मिचेल र ब्लन्डेल ४ सय ८ बलमा २ सय ३६ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । नियमित कप्तान केन विलियम्सन भने कोरोनाको कारण दोस्रो खेलमा छैनन् ।

कप्तान टम लाथम २६, विल योंग ४७, डेभन कन्वे ४६, हेनरी निकोलस ३० र माइकल ब्रेसवेल ४९ रनमा आउट भए । इंग्ल्यान्डका जेम्स एन्डरसनले सर्वाधिक तीन विकेट लिए । स्टुअर्ट ब्रोड, बेन स्टोक्स र ज्याक लेचले २–२ विकेट लिए ।

पहिलो टेस्ट खेलमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टेस्ट २३ जुन देखि लिड्समा सुरुहुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.