default_image

4 years ago

June 15, 2022

‘अमेरिकाविरुद्ध शतकको प्रयास गर्ने छु’– आसिफ

245 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर आसिफ शेखले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली अमेरिकाविरुद्ध शतकको प्रयास गर्ने बताएका छन् । लगातार दुई अर्धशतकपछि आसिफले त्यसलाई अव शतकमा बदल्न प्रयास गर्ने बताएका छन् ।

ओमानलाई ७ विकेटले हराउन आसिफले ६२ रनको इनिङ खेले । त्यसपछि अमेरिकाविरुद्ध खेल टाई हुँदा आसिफले ६१ रनको इनिङ खेलेका थिए । आसिफ घुँडामा चोटका बाबजुद खेल्दै दुई लगातार अर्धशतक प्रहार गरे । आसिफ आफ्नो खुट्टाको चोटको अवस्था ठिक रहेको बताउँछन् ।

‘नेपालमा गएर त्यसको उपचार के हुन्छ गर्ने हो । अहिले खेल्ने कन्डिसनमै छु । अमेरिकासँग अन्तिम खेल हो । सकेसम्म राम्रो फिनिस गरेर जित्ने प्रयास गर्ने छौं’, आसिफले भने ।

आसिफ चोटका कारण ओमानविरुद्ध पहिलो खेल गुमाएका थिए । आसिफ बाहिर बन्दा एकदमै खेल्न मन लाग्ने बताउँछन् । ‘पहिलो खेल मैले खेलिन । तर बाहिर बसेर मलाई एकदमै खेल्न मन लागेको थियो । मलाई ठिक गराउन फिजियो र ट्रेनरको ठूलो हात छ । दुई खेल खेल्न पाउँदा खुसी लागेको छ’, आसिफले भने ।

आसिफले जोमिख मोलेर खेलेका छन् । घुँडाको चोट पछि गम्भीरनै हुनसक्ने बताइएको छ । आसिफले आफ्नो खुट्टाको जोमिम मोलेरनै खेलेका छन् । आसिफ जोखिम लिएको भने मान्दैनन् ।

‘रिक्स (जोखिम) भन्ने पनि हुँदैन । खेल्ने कन्डिनस मै भएर खेलि राखेको छु । यदि खेल्न नसक्ने भए खेल्दैन थिएन होला । किनभने म खेलेर शतप्रतिशत दिन सक्दैन भने खेलेर कुनै अर्थ छैन’, उनले भने । त्यसैमा थपे, ‘पहिला फिट हुने हो । पहिला देखिनै टिमलाई योगदान दिने सोच थियो । अव अमेरिकाविरुद्ध खेल छ । त्यसमा पनि आफ्नो राम्रो प्रदर्शन गरेर जिताउने प्रयास हुनेछ ।’

‘मेरो हरेक खेल महत्वपूर्ण छन् । हरेक खेलमा एकरुपता प्रदर्शन गर्न प्रयास गरेको हुन्छ । अहिले पनि म एक खेल हुँदै गएको छु । सकेसम्म प्रदर्शन गर्ने प्रयास गर्दछु’, आसिफले आफ्नो प्रदर्शन बारे भने ।

आसिफ पूर्ण रुपमा फिट छैनन् । त्यसमा पनि अमेरिकाको गर्मीमा ओपनिङ र विकेटकिपर दुबै गरेका छन् । ओडिआईमा ओपनरले विकेटकिपिङ सम्हाल्लेको कमै नै हुन्छ । ‘मलाई लाग्छ अहिले सम्म जतिपनि क्रिकेट खेलेका छौं सबै कन्डिसनमा खेलेका छौं । सबै कन्डिसनमा खेलेको हुँदा त्यति धेरै गाह्रो हुँदैन । ओमानमा पनि गर्मी उच्चनै थियो’, उनले भने ।

‘सुरुवात राम्रो भएको छ । अमेरिकाविरुद्ध राम्रो स्कोरमा लैजाने प्रयास गर्ने छौं । दुबै जनाले अर्धशतक बनाएका छौं । अर्धशतकलाई अमेरिकाविरुद्ध शतकमा बदल्न प्रयास गर्ने छौं’, आसिफले भने ।

आसिफ र कुशलले पहिलो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । आसिफले अमेरिकासँग ६१ र ओमानसँग ६२ रनको इनिङ खेले । आसिफ शतक बनाउन चुकेका छन् । ‘एक पटक शतक भएपछि त्यो रुट थाहा हुन्छ । हामीले रुटको लागि खोजि राखेको हो । एक पटक शतकपछि त्यो निरन्तर हुन्छ जस्तो लाग्छ मलाई’, उनले भने ।

२०१६ मा आसिफले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पञ्चकन्या तेजबाट कलर्स एक्सफ्याक्टर्सविरुद्ध आसिफले १६ वर्षकै उमेरमा १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । त्यस आसिफमा अहिले र पहिलामा के फरक छ भन्नेमा उनले भने, ‘खेलमा केहि फरक छैन । अनुभव आउँछ । सुरुवात पाएपछि कसरी खेल्ने भन्ने बुझेको छु । त्यो अनुभवले पनि धेरै फरक पार्छ ।’

जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ८६ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेल ७५ बलमा ५ चौकासहित ५६ रनमा क्याच आउट भए । रोहित पौडेल २१ र दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले १ सय बलमा ३ चौकासहित सर्वाधिक ५२ रन बनाए । करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए ।

आसिफको क्रिकेट जीवनी : शेख दाजुभाइ – घरको छतदेखि राष्ट्रिय टोलीसम्म सँगै

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.