default_image

4 years ago

June 17, 2022

अष्ट्रेलिया श्रीलंकासँग स्तब्ध

165 views

0 Bookmark

एजेन्सी – अष्ट्रलिया श्रीलंकासँगको दोस्रो ओडिआई खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा २६ रनले स्तब्ध भएको छ । योसँगै घरेलु टोली श्रीलंकाले पाँच ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुर्याएको छ ।

जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७.१ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । अष्ट्रेलिया ओपनर डेविड वार्नरले ५१ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन बनाए । अर्का ओपनर फिन्च १४ रनमा आउट भए । दुबै ओपनर स्पिनर धनन्जय डि सिल्भाको बलमा आउट भएका थिए ।

स्टिभ स्मिथ २८, ट्रविस हेड २३, मार्नस लाबुसेन १८ र एलेक्स केरी १५ रनमा आउट भए । ग्लेन म्याक्सवेल २५ बलमा ५ चौकासहित ३० रनमा आउट भए । श्रीलंकाका चामिका करुणारत्नेले ७ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। दुश्मन्था चामिरा, धनन्जय डि सिल्भा र दुनिथ वेलालगेले २–२ विकेट लिए ।

त्यसअघि पल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली श्रीलंकाले ४७.४ ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । श्रीलंका विकेटकिपर कुशल मेन्डिसले ४१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।

धनन्जय डि सिल्भा र कप्तान दसुन शनकाले ३४–३४ रनको योगदान दिए । ओपनर धनुष्का गुणाथिलका १८, पाथुम निसंका १४, चरिथ असलंका १३, चामिका करुणारत्ने १८ र दुनिथले २० रनको योगदान दिए ।

अष्ट्रेलिया प्याट कमिन्सले ८.४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । ग्लेन म्याक्सवेल र म्याथ्यु कुहनेमानले २–२ विकेट लिए । तेस्रो खेल आइतबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.