3 years ago
June 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी वुमन्स टि२० च्याम्पियनसिप २०२२ मा हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । किनरारा ओभल एकेडेमीमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

समूह बी मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । हङकङ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । हङकङले भुटानलाई १४ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।
आजको खेलको नतिजाले नेपालले सेमिफाइनलमा कुन टोलीसँग भिड्ने निर्धारण हुनेछ । नेपाल विजयी हुँदा समूह ए को उपविजेता र पराजित हुँदा समूह ए को विजेतासँग खेल्नेछ । समूह ए मा युएई ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।
फाइनल पुग्ने दुई टोलीले एसिया कप महिला टि२० प्रतियोगिता खेल्न पाउनेछन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका टेस्ट टोली हुनेछन् । नेपालले ब्याटिङमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । सुरुवाती तीनै खेलमा कमजोर र सुस्त सुरुवात गरेको छ । नेपालका ओपनरलाई राम्रो सुरुवात दिन आवश्यक छ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री बेलबासे (कप्तान), इन्दु बर्मा, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, विन्दु रावल, ममता चौधरी, संगिता राई, सबनम राई, सीता रानामगर र अप्सरी बेगम
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]