default_image

2 years ago

June 21, 2022

नेपालको हङकङलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङलाई १ सय १० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ३६ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनमा अविजित रहिन् । […]

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङलाई १ सय १० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन बनायो ।

नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ३६ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनमा अविजित रहिन् । ओपनर विन्दु रावल २९ बलमा ३ चौकासहित २३ रनमा आउट भइन् ।

सातौं विकेटका लागि अप्सरी बेगम र रुविनाले ४४ रनको अविजित साझेदारीको गरेका थिए । अप्सरी १६ बलमा २ चौकासहित २२ रनमा अविजित रहिन् । नेपाललाई ओपनर सीता रानामगर र विन्दु रावलले ३.४ ओभरमा १८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । सीता १० बलमा १ चौकासहित ९ रनमा रन आउट भइन् ।

शीर्षक्रमकी ब्याटर इन्दु बर्मा १० बल खेल्दा खाता नखोली बोल्ड आउट भइन् । इन्दु बेट्टी चानको सातौं ओभरको अन्तिम बलमा बोल्ड भइन् ।

काजोज श्रेष्ठलाई चानले नै एक रनमा बोल्ड गरिन् । विन्दु रावललाई दशौं ओभरको पाँचौं बलमा मर्याम बिवी एलबीडब्लू आउट गरेकी थिइन् । ममता चौधरी १० बलमा १ चौकासहित ७ रनमा रन आउट भइन् । कविता जोशी एलिसा हब्र्बाडको बलमा चार रनमा बोल्ड हुँदा नेपाल १४.५ ओभरमा ६५–६ को कमजोर अवस्थामा पुगेको थियो ।

हङकङकी बेट्टी चानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । एलिसा हब्र्बाडले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । मर्याम बिवीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.